MENU

पिसीआर र आरडिटी परिक्षण गर्नुपर्ने निर्णय फिर्ता लिन आग्रह

सिड्नी । अस्ट्रेलियन नेप्लिज मेडिकल डेन्टल एसोसियसन र गैरआवासिय नेपाली संघ अस्ट्रेलियाले नेपाल फर्कन चाहाने सबैको आरडिटी र पिसिआर परिक्षण गर्नुपर्ने निर्णय फिर्ता लिनआग्रह गरेको छ ।

नेपाली दुतावासले अस्ट्रेलियाबाट नेपाल फर्कन चाहने यात्रुहरुले पिसीआर र आरडिटी परिक्षण नेगेटिभ रहेको प्रमाण पत्र पेश गर्नुपर्ने सूचाना विहीवार जारी गरेको थियो ।

संयुक्त प्रेस विज्ञप्तीमा भनिएको छ “अस्टे«लियामा पिसिआर परिक्षण भईरहेको तथा सो परिक्षण जो कोहीको नहुने अवस्था छ । कोरोना भाईरसको लक्षण देखाएकाहरुको मात्र पिसिआर परिक्षण हुने गरेको अवस्था छ । हालको अवस्थामा एक हजार भन्दा बढी मानिस नेपाल फर्कन चाहिरहेको तथा उनीहरु सबैको पिसिआर परिक्षण गर्न सम्भव नभएकोले सो निर्णय फिर्ता लिन हामी नेपाल सरकारसंग सिफारिस गर्न चाहन्छौ,”

नेपाल सरकारले पिसिआर अथवा आरटीडी परिक्षणमा कोरोना नदेखाएका व्यक्तिलाई मात्र स्वदेश फिर्ता गर्ने निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएको अस्टे«लियन मेडिकल डेन्टल एसोसियसनका अध्यक्ष डाक्टर चन्द्र दिपकपोख्रेल र गैरआवासिय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष केशव कडेल द्वारा हस्ताक्क्षरीत विज्ञप्तीमा उल्लेख छ ।

साथै अस्ट्रेलियाको मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट स्वस्थ रहेको प्रमाण तथा नेपाल फर्किनु अघि अस्टे«लियामै सकेसम्म सेल्फआईसोलेसनमा बसेको तथ्यलाई नै आधार बनाउन आग्रह गरेको छ ।

अस्ट्रेलियामा सेल्फआईसोलेसनमा बसेको बारे निगरानी गर्न आफ्ना स्वयमसेवक खटाउन तयार रहेको तथा स्वस्थ रहेको प्रमाणपत्र उचित स्वास्थ्य संस्थाबाट उपलब्ध गराउन समन्वय गर्न तयार रहेको जनाएको छ ।