MENU

प्रधानमन्त्री ओलीले मागे नीति तथा कार्यक्रमबारे पार्टीको सुझाव


प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष, केपी शर्मा ओलीले, संसदमा नीति तथा कार्यक्रम पेश हुनु झण्डै ९ घण्टा अघि, पार्टीको सुझाव लिएका छन् ।

शुक्रबार  बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका बारेमा सुझाब मागेको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले आजको बैठकमा स्थायी समिति बैठकबारे कुनै छलफल नभएको भन्दै नीति तथा कार्यक्रम आएपछि बस्ने सचिवालय बैठकले यसबारे निर्णय गर्ने बताए ।

नेकपाको वैशाख २० गते बसेको बैठकले स्थायी समिति बैठक २४ गतेलाई बोलाएको थियो। दुई अध्यक्षबीच सहमति नहुँदा सो बैठक स्थगित भएको थियो भने वैशाख ३० गतेका लागि बोलाइएको अर्को बैठक पनि नेता भिम रावलका पुर्व सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएपछि कोरोनाको कारण देखाउदै स्थिगित गरिएको थियो।