MENU

प्रवासमा रहेका २२ सय ३८ नेपाली कोरोना संक्रमित, ४८ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रवासमा रहेका २ हजार २ सय ३८ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएअनुसार विदेशमा ४८ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ ।

सबैभन्दा धेरै बेलायतमा रहेका नेपालीको मृत्यु भएको छ। बेलायतमा मात्रै ३३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने अमेरिकामा १०, युएईमा २, आयरल्यान्ड, जापान र टर्कीमा एक एकजनाको मृत्यु भएको छ।

एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार २२ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित भएका छन् । अमेरिका र बेलायतमा एक÷एक हजार नेपालीमा संक्रमण देखिएको छ ।

त्यस्तै, युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्यान्डमा २२/२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्यान्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४४, मलेसिया र क्यानाडामा ३३, माल्टा, जापान र हङकङमा २२, टर्की, म्यानमार र फ्रान्समा ११ जनामा संक्रमण देखिएको एनआरएनएले जनाएको छ।

यो औपचारिक रुपमा सम्पर्कमा आएकाहरुको तथ्यांक हो । यो भन्दा धेरै बढि नेपाली कोरोनाबाट संक्रमित भएको हुनसक्ने एनआरएनएका अध्यक्ष कुमारले बताए ।

विशेष गरि खाडी मुलुकमा धेरै ब्यक्तिहरु संक्रमित भएको हुनसक्ने उनको अनुमान छ । खाडी मुलुकमा सबैभन्दा धेरै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदार समस्यामा रहेको एनआरएनएले जनाएको छ।

विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको एनआरएनएले गरेको सर्वेक्षणमा देखिएको थियो। ७७ प्रतिशत नेपाली स्वदेश फर्किन चाहेको एनआएनएको सर्वेशक्षणले देखाएको हो ।

रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको सरकारको अनुमान छ।