MENU

बंगलादेशी राष्ट्रपति काठमाडौंमा, राष्ट्रपति भण्डारीले गरिन स्वागत

काठमाडौं- राष्ट्रपति विद्या भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने सदभावना भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

 

हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर राष्ट्रपति भण्डारीले स्वागत गरिन। विमानस्थलको अति विशिष्ट कक्षमा भण्डारीले बंलादेशी राष्ट्रपतिलाई स्वागत गरेकी हुन्।

 

विमानस्थलमा भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरे। राष्ट्रपति हमिदको स्वागतमा त्रिभुवन विमानस्थलमा स्वागत समारोह गरिएको थियो। त्यहाँ उनलाई नेपाली सेनाले सम्मान गाहारथ प्रदान गरेको थियो।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको स्वागत गरिदै ।

राष्ट्रपति हमिद विमान बंगलाको नियमित उडानबाट ५२–सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन्।

 

हमिद विमानस्थलबाट सिधै नागपोखरीस्थित होटल म्यारियटमा गएरबस्नेछन्। हमिदले आजै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने छन्। त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हमिदलाई होटलमा गएर भेट गर्नेछन्। साँझ राष्ट्रपति भण्डारीले बंगाली समकक्षीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने छिन्।

 

राष्ट्रपति हमिदसँग राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतले भेटवार्ता गर्ने छन्।

 

त्यस्तै उनले राजनीतिक दलका नेताहरुलाई पनि भेट्ने छन्।

 

४ दिने नेपाल बसाइका क्रममा राष्ट्रपति हमिद पोखरा जाने छन्। त्यस्तै काठमाडौंका सांस्कृतिक सम्पादाहरुको अवलोकण समेत गर्ने छन्।

 

परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा अहिलेसम्म केही नबताए पनि बंगलादेशी राष्ट्रपतिको भ्रमणका क्रममा दुई देशबीच ‘मोटर भेइकल’ र ऊर्जा व्यापार सम्झौता (पिटिए)हुनेछ।