MENU

बलात्कारको आरोपमा हिरासतमा रहेका नेपाली युवाको मुद्दामाथि सुनुवाई शुरु

  • बलराम शिवको मुद्दामाथि न्यु साउथ वेल्सको सर्वोच्च अदालत डार्लिङहस्टमा सुनुवाई शुरु भएको छ ।
  • शिवले २०१७ को जुन महिनामा काल्टनमा बसोबास गर्ने २१ बर्षिय नेपाली महिलामाथि यौन हमला गरेको आरोप रहेको छ ।
  • उनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोगमा लस एन्जल्सबाट अस्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो ।
  • गएको बर्ष दक्षिण सिड्नीको सदरल्याण्ड अदालतले शिवको जमानत अस्विकार  गरेको थियो  ।
फाइल फोटोः गतबर्ष अमेरिकामा पक्राउ परेर न्यु साउथ वेल्स प्रहरीको हिरासतमा रहेका बलराम शिव, फोटो स्रोतः न्यु साउथ वेल्स प्रहरी

सिड्नी । बलात्कारको आरोपमा हिरासतमा रहेका नेपाली युवा बलराम शिवको मुद्दामाथि न्यु साउथ वेल्सको सर्वोच्च अदालत डार्लिङहस्टमा सुनुवाई शुरु भएको छ ।

सन् २०१७ को जुनमा कार्लटन स्थित अपार्टमेन्टमा एक २१ वर्षीय महिलामाथि यौन हमला गरेको आरोपमा अमेरिकाबाट सिड्नी ल्याइएका बलरामको मुद्दामा सोमबार २७ जुलाईबाट सुनुवाई शुरु भएको हो ।

अदालति कारबाही करिव दुई हप्ता सम्म चल्ने सक्ने बताईएको छ । गएको बर्ष दक्षिण सिड्नीको सदरल्याण्ड अदालतले शिवको जमानत अस्विकार गरेपछि उनी हिरासतमै थिए ।

बलराममाथि यौन हमलाको आरोप

अमेरिकामा बस्दै आएका बलराम शिव पर्यटक भिसामा २०१७ मा अस्ट्रेलिया आएका थिए । न्यु साउथ वेल्स प्रहरीका अनुसार शिवले २०१७ को जुन महिनामा काल्टनमा बसोबास गर्ने २१ बर्षिय नेपाली महिलामाथि यौन हमला गरेको आरोप रहेको छ । घटना पछि आरोपित शिव त्यही दिन अमेरिका फर्केका थिए ।

अमेरिका र अस्ट्रेलिया बीचको सुपुर्दगी सन्धिका आधारमा न्यु साउथ वेल्स प्रहरी, सेन्ट जर्ज कमाण्डका प्रहरी अमेरिका पुगेर शिवलाई पक्राउ गरी अस्ट्रेलिया ल्याएका थिए । उनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोगमा लस एन्जल्सबाट अस्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो ।

नेप्लिज अस्ट्रेलियन सँग कुरा गर्दै न्यु साउथ वेल्स प्रहरी सेन्ट जर्ज कमाण्डका डिटेकटिभ तथा एक्टिङ सर्जेन्ट बेन कोलम्यानले पिडितलाई केही भए पनि न्याय दिलाउन सफल भएको बताए । यो अपराधको अनुसन्धान निकै जटिल र कठिन भए पनि प्रहरी टोलीको कडा परिश्रमले अभियुक्तलाइ पक्रिएर अदालतमा उभ्याउन सफल भएको कोलम्यानले बताए ।

बलराम शिव माथि प्रहरीद्वारा अनुमति बिना यौन सम्पर्क राखेको दुई आरोप र अभद्र क्रियाकलापमा संलग्न भएको पाँच ओटा आरोप लगाएको थियाे।

सामुदायिक जानकारी

आकस्मिक सेवाहरु प्रहरी, दमकल र एम्बुलेन्सको लागि तिनवटा शुन्य (०००) मा सम्पर्क गर्नुहोला ।

तपाईलाई कुनै मनोबैज्ञानिका परामर्श वा सहयोग आवश्यक भएमा निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोस् ।

Beyond Blue – 1300 22 4636

Lifeline Australia – 13 11 14

If you or someone you know is experiencing sexual abuse or family violence contact 1800 RESPECT on 1800 737 732

Men who have anger, relationship or parenting issues, should contact the Men’s Referral Service on 1300 766 491