MENU

नेपालमा कोरोनाबाट दोश्रो व्यक्तिको ज्यान गयो

बाँकेको एक क्वोरन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार बिहान क्वारेन्टिनमा मृत्यु भएका बाँकेको नरैनापुरका युवाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको पुष्टि गरेका हुन् ।

बैशाख ३० गते भारतबाट आएका उनी बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा बस्दै आएका थिए ।

शनिबार साँझदेखि ज्वरो आउनुका साथै पखाला लागेको र आइतबार बिहानै दुईपटक वान्ता गरेपछि मृत्यु भएको प्रवक्ता डा. देवकोटाले बताए।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

यसअघि बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको मृत्युको कारण पनि कोरोना रहेको शनिबार पुष्टि भएको थियो।

नेपालमा अहिलसम्म कूल कोरोना संक्रमितको संख्या २९२ पुगेको छ भने ३६ जना उपचारपछि निको भएर घर फर्केका छन्।