MENU

बिदेशमा नेपाली बाटाहरु; मेलबर्नमा बन्दै “गोर्खा वे”

Mana Rishi Dhital
An editor at Nepalese Australian

मेलबर्न। एक नेपाली महिलाको पहलमा मेलबर्नमा “गोर्खा वे” स्विकृत भएको छ ।  गूगल गर्नु भयो भने तपाइबाट यो बाटो कति टाढा छ थाहा पाउनु हुने छ । तर अहिले नै भने तपाइ यो “वे” हुदै यात्रा गर्न भने सक्नु हुनेछैन ।

दोश्रो बिश्वो युद्दमा योगदान गर्ने गोर्खा सैनिक हरुको स्मृतिमा यो बाटोको नाम गोर्खा वे राखिएको हो । गोर्खा वे को दुबै पट्टि करिब तिस  ओटा घर हुने छन जसमा केहि प्लट नेपालीहरुले किनिसकेका छन् ।

को हुन पहल कर्ता ?

पुर्ख्यौली घर पोखरा भएकि हाल भिक्टोरिया राज्य सरकारको मानब श्रोत बिभागमा कार्यरत रोशनी श्रेस्ठ हुन यो बाटोको नामाकरण कि अभिएन्ता । उनले दुइ बर्ष लगाएर यो बाटोको नाम गोर्खा वे राख्न सफल भएकि हुन्। उनले यो नाम राख्न सम्बन्धित निकायहरुसँग बारम्बार समन्वोय गरिन । उपयुक्त प्रस्ताव तयार गरिन र सडक निर्माताहरुलाई पनि सहमत गराइन ।

रोशनी श्रेस्ठ, बाटोको नामाकरणकि अभियान्ता

कसरी आयो आइडिया ?

उक्त बाटो नामाकरण कि अभिएन्ता रोशनी श्रेस्ठका अनुशार उनी भिक्टोरियाको सानो सहर बालारत बस्दा हरेक बर्ष ‘एन्ज्याक डे’ मा वार मेमोरियलमा हुने कार्यक्रममा सहभागी हुन्थिन । त्यहा दोश्रो बिश्वो युद्द लडेका अस्ट्रेलिया र न्युजील्यान्डका सैनिकहरुको निकै ठुलो चर्चा हुन्थ्यो ।

तर सोहि युद्दमा सहभागी गोर्खा सैनिकको बारेमा कुनै चर्चा नसुने पछि उनलाइ पुर्खाहरुले गरेको योगदानको सम्झना हुने कुनै न कुनै काम गर्न मन लाग्यो र अभियान सुरु गरिन । तर उक्त सानो सहर बाट बसाइ सरेर मेल्बर्न आएपछि मात्रै आफ्नो योजना पुरा गर्ने उनले अबसर पाइन ।

परिणाम स्वोरुप मेलबर्नमा निर्माणाधीन एउटा बाटोको नाम ‘गोर्खा वे’ राखियो । अस्ट्रेलियाको भिक्टोरिया राज्यको राजधानी मेलबर्न शहरको विन्ड्याम  काउन्सिलमा बन्दै गरेको नयाँ बस्तीमा दोश्रो विस्वयुद्धमा बहादुरी प्रदर्शन गरेर बीरगति प्राप्त गर्ने नेपालीको संझनामा बाटोको नामाकरण गरियो ।

यो बाटोको दुबैतिर गरेर करीब ३० घडेरी छन जस्ले करीब एक हजार बर्गमिटर क्षेत्रफल ओगटछ । यस्को नजिकै एउटा पार्क पनि बन्दैछ ।

नयाँ बस्तीमा आफ्नो सोंचलाई मूर्त रुप दिन सकिन्छ कि भनी उनले पहिलाकाउन्सिलमा प्रस्ताब राख्दा काउन्सिलले डेभलोपरसंग समन्वय राख्नुपर्ने सुझाव दियो ।

डेभलोपरसंगको कुराकानी पस्चात प्रस्ताबलाई मूर्त रुप दिन अबधारणा प्रस्ताब माग गरेपछि उनले पेश गरेको अबधारणा प्रस्ताबलाई रिभरवाल्क भिलेज पार्क निर्माणमा कार्यरत डेभलोपरले स्वीकृति प्रदान गरेपछि यस्लाई आधिकारिकता दिन असिस्टेण्ट डेभलोपमेण्ट मैनेजर स्टेभ पोल्लार्डले काउन्सिलमा पठाएपस्चात काउन्सिलको स्वीकृति पछि यो नामले आधिकारिकता पाएको हो ।

सपना अझै अधुरै छ

बाटोको नाम राख्ने अभियान कि अभिएन्ता श्रेस्ठको सपना अझै अधुरै छ । ”दोश्रो बिश्वो युद्दमा भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खा सैनिकको यही बाटोको नजिकै शालिक राखेर कम्तीमा पनि बर्षको एक पटक यही बाटो हिंड्दै शालिकमा सम्मान दिन पाए हुन्थ्यो” रोशनीले भनिन । यसका लागि अबधारणा प्रस्ताब बनाउँदा र प्रकृया अगाडि बढाउँदासम्म जग्गा नै बाँकी रहदैन कि भन्ने चिन्ता पनि छ ।

अस्ट्रेलियामा नेपाली नामका बाटाहरु

संभवत मेलबर्नमा बाटोको नाम यसरी नेपाली राखिएको पहिलो हुन सक्छ तर अस्ट्रेलियामा नेपाली नामका बाटाहरु अरु पनि छन । गूगल नक्सामा खोजि गर्दा अस्ट्रेलियाको दक्षिणी राज्यको राजधानी एडिलेडमा दुइ ओटा सडकहरु छन जसका नामहरु ‘नेपाल स्ट्रीट’ र ‘ नेपाल रोड’ रहेका छन ।

अफ्रिकामा काठमाडौं र एभेरेस्ट

खोज्दै जादा दक्षिण अफ्रिकामा नेपाललाइ प्रतिनिधित्वो गर्ने बाटाहरु भेटिए । गूगल खोजि गर्दा त्यहा ‘काठमाडौं स्ट्रीट’ र ‘माउन्ट एभेरेस्ट स्ट्रीट’ भेटिए । त्यहा ‘हिमालयन स्ट्रीट’ पनि भेटिन्छ जुन हिमालयन हाइटमा गएर टुङिन्छ ।