MENU

बिशेष सम्पादकीयः बधाई नेपाल, बधाई नेपाली जनता

Nepalese Australian

Nepalese Australian Special Editorial

नेपालको राजनीतिमा अहिले इतिहासकै अभूतपुर्ब एकता पैदा भएको छ । यो एकता कायम रहेमा नेपालले आफ्ना आगामी चुनौतिहरु सजिलै पराजित गर्ने निश्चित छ । बहुदलिय र बहुलवादी राजनीतिक ब्यबस्थाहरुमा प्रतिपक्ष रहित बाताबरण पैदा हुनु अनौठो कुरा हो ।

तर नेपालमा त्यो देखियो । यो एकमना एकताबाट हालसम्म नेपालका राजनीतिक दल र नेताहरु प्रति राष्ट्रियताका सवालमा उठ्ने गरेका सबै आशंकाहरुको अन्त्य भएको छ र  नेपालका राजनीतिक दलहरु तथा नेताहरु देशभक्त हुन् भन्ने प्रमाणित भएको छ ।

जुन १३ मा बसेको  नेपालको संसदले इस्ट इंडिया कम्पनि र नेपालबीच सन्  १८१६ मार्चमा भएको सुगौली सन्धीमा तोकिएको नेपालको सिमाना सहितको नक्शा नेपालको गणतान्त्रिक संबिधानको एक अंग बनाएको छ र राष्ट्रिय निशाना छापमा पनि त्यो उल्लिखित गरिएको छ ।

राजनीतिक ब्यबस्था बारे फरक फरक मत भएका कम्युनिस्ट, कांग्रेस, मदेशबादी, जातिवादी र राजाबादी सबै दलहरु यो मुद्दामा एक्कै स्थानमा उभिएका छन् । नेपाली जनता यो अर्थमा बधाईका पात्र छन् । किनकि उनीहरुको भोट राष्ट्रियताका पक्षमा  एक्कै स्थानमा सदुपयोग भएको छ । नेपालको अखंड़ताका पक्षको यो बिशाल एकताका लागि नेपाललाई बधाई ।

नेपाल आकारमा सानो भए पनि विश्व राजनीतिमा यसको अलग मौलिक अस्तित्वो छ । भारत र चीन दुइ भौगोलिक तथा जनसंख्याका रुपमा ठुला देशका बीचमा नेपाल छ । तर यसको छुट्टै सार्बभौमसत्ता र सम्प्रभुता छ ।

उसको दक्षिणि छिमेकी देश भारतले नेपाललाई इतिहास देखि हेप्दै आएको छ । यस पटक भने नेपालको संसदले प्रतिपक्षमा सुन्य मत पर्ने गरि आफ्नो सम्प्रभुताको बलियो प्रमाण देखाएको छ र भारतले अतिक्रमण गरेको भूभागलाई नेपालले फिर्ता लिई छाड्ने प्रतिज्ञा गरेको छ ।

यो एतिहासिक निर्णयको महत्वो भारतबाट अतिक्रमणमा  परेको भूभाग दुइ पक्षिय, त्रिपक्षिय, बहुपक्षिय र आवश्यक पर्दा संयुक्त रास्ट्र संघ समेतको  कुटनीतिक पहल र समंवोयमा फिर्ता ल्याउनु सम्ममा पर्ने छ । यो एकता त्यहाँ सम्म पुगोस, शुभकामना ।