MENU

बिहीबार साँझ ५ः१५ बजे सिड्नीबाट चार्टर्ड उडान; चेकइन र बोर्डिङका लागि पर्याप्त समय छुट्याउन होस !

सिड्नी  । जुलाई ३० बिहीबार  साँझ ५ः१५ बजे चार्टर्ड उडाका लागि तयार रहेका यात्रुहरुले उडान अघि पिसीआर परीक्षण रिपोर्ट अनिवार्य रुपमा साथमै राख्नु होला, अन्यथा उडानमा सहभागी नगराईने गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले स्पष्ट पारेको छ ।

हामीलाई अवगत छ कि अझै धेरै व्यक्तिहरु यस उडानमा छुटेका छन तर हामी निकट भविष्यमा नै नेपाल फर्कन ईच्छुक सबैलाई समेट्ने गरी अर्को उडानका लागि प्रयास गरिरहेका छौ । गैर आवासीय नेपाली संघका  अस्ट्रेलियाका अध्यक्ष केशव कंडेल द्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

अन्य राज्यबाट सिड्नी आउने यात्रुहरुले आफ्नो तयारी आफै गरी बिमानस्थल आउन भनिएको छ ।  यात्रुहरुले लगेजको लागि  ३० किलो र ह्याण्ड क्यारी ७  किलो मात्र लैजान पाईने छ ।

अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोसिएसनले दिएको स्वास्थ्य सल्लाह पालना गर्न आग्रह गरिएको छ ।

टिकेट, ह्वीलचेयर तथा खाना सम्बन्धि जानकारीका लागि ध्रुव कडेल (०४१३५३७२४८), सुरज गिरी (०४५०८५५३८२) र भुमी सुवेदी (०४२०२९६७०८) अथवा ट्राभल पार्टनरको [email protected] मा सम्पर्क गर्नुहोला ।