MENU

बुसफायरबाट बग्रिदै अस्ट्रेलिया (फाेटाे फिचर)

गएको सेप्टेम्बर देखि अस्ट्रेलियाका बिभिन्न राज्यमा फैलिएको (बुसफायर) डडेलो नियन्त्रणमा आएको छ । डडेलो नियन्त्रण सँगै केही दिन देखिकाे बर्षाका कारण उजाड जंगलमा हरीया पालुवा देखिन थालेका छन् ।

 यो बर्षको आगलागीको मौसमलाइ “कालो समर”को संज्ञा दिएको छ ।  कालो समरमा अस्ट्रेलियाले आगलागीबाट ३३ जना होनहार सन्तति गुमाएको र झन्डै ३ हजार घरहरु गुमाएको बताएका छन् । अस्ट्रेलियाका ६ हजार ५ सय सैनिकहरु र तीनहजार स्वोयम्सेवकहरु दिन रात आगो बिरुद्द लडेर (बुसफायर) डडेलो नियन्त्रणमा लिएका थए ।

अस्ट्रेलियाले व्यहोरिरहेको दुखद घडीमा ७० देशले सहयोगको बचन दिएको र बिभिन्न देशका तिन सय अग्नि नियन्त्रकहरु अस्ट्रेलियामा आएर सहयोग गरेका थिए । तस्विरहरू एजेन्सिकाे सहयाेगमा ।