MENU

‘ब्रिटेन्स गट ट्यालेन्ट’मा भिम निरौलाले गाए ‘सन्डे मर्निङ लभ यू’

बेलायतमा संचालन भइरहेको ब्रिटेन्स गट ट्यालेन्टमा नेपाली भिम निरौलाले सहभागिता जनाएका छन् । हाल बेलायतको रेडिंगमा बस्दै आएका भिमले उक्त शोमा भाग लिएका हुन् ।

यी भिम उनै हुन्, जो सात वर्ष अगाडि ‘सन्डे मर्निङ लभ यू’ बोलको गीत गाएर चर्चामा आएका थिए । उनले ब्रिटेन्स गट ट्यालेन्टमा पनि सोही गीत गाएर सुनाए । आफ्नो श्रीमतिलाई लक्षित गरेर यस गीत तयार पारेको बताउँदै उनले उक्त गीत गाउन सुरु गरेका थिए ।

उनको गीतमा निर्णायक मध्यका एकले असन्तुष्टी जनाए । तर, बाकीँ ३ निर्णायक र उपस्थित हजारौ दर्शक उनको गीतमा खुबै रमाइरहेका थिए । हुटिङ गरिरहेका थिए । कार्यक्रमका संचालकहरु त उनीसँगै नाच्नको लागि स्टेजमा नै पुगेका थिए ।

ब्रिटेन्स गट ट्यालेन्टमा उनी छनोट पनि भए भिम अहिले भाइरल भएका छन् । सात वर्ष अगाडि यसै गीतबाट भाइरल बनेका भिम अहिले पुन: सोही गीतका कारण भाइरल भएका छन् । सामाजिक संजालमा अहिले भिमको खुबै चर्चा छ ।

५४ वर्षिय भिम पेशाले होटल मेनेजर हुन् ।