MENU

भक्तपुर केन्द्रविन्दु भएर भूकम्प गयाे

भक्तपुर केन्द्रविन्दु बिहीबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान सवा ८ बजेतिर ३‍ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पकको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो ।

भूकम्प चार म्याग्निच्युड भन्दा सानो रहे पनि भक्तपुर केन्द्रविन्दु भएका कारण काठमाडाै‌ उपत्यकामा महसुस भएको हो ।

यसअघि बिहीबार  बिहान २ बजेर ४१ मिनेट जाँदा  दार्चुला केन्द्रविन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।