MENU

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८२४ पुग्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या आठ सय २४ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको यो भाइरसको कारण मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २६ हजार चार सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार दुई सय नयाँ संक्रमित थपिएका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण तीन सय २३ जना मानिसको मृत्यु भइसकेको छ भने सात हजार ६ सय २८ जना संक्रमित भइसकेका छन् ।

त्यस्तै गुजरातमा अहिलेसम्म एक सय ३३ जनाको मृत्यु भइसकेको छ । मध्यप्रदेशमा पनि ९९ जनाको मृत्यु भएको छ ।