MENU

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

भारतमा कोरोना भाइरस कोभिड १९बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।

भारतमा एकैदिन कोरोना भाइरसका सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३४ हजार ९५६ नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको  संक्रमित संख्या १० लाख तीन हजार ८३२ पुगेको छ।

अहिलेसम्म विश्वभर अमेरिका, ब्राजिल र भारतमा मात्र कोरोना भाइरसका १० लाखभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २५ हजार नाघेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २५ हजार ६०२ जनाको मृत्यु भइसकेको छ ।