MENU

भारतले नेपाली भूमि मिचेकोमा विदेशमा रहेका नेपालीको भत्सर्ना


विदेशमा रहेका नेपालीहरुको साझा संगठन गैह्रआवासीय नेपाली संघ एनआरएनएले लिपुलेक क्षेत्रमा भारतले गरेको अतिक्रमणको भत्सर्ना गरेको छ ।

भारतले, अन्तराष्ट्रिय कानुन विपरित नेपालको सार्वभौमिकता र अखण्डतामाथी ठाडो हस्तक्षप गरेको भन्दै एनआरएनएले, लिपुलेकस्थित नेपाली भूमिमा गरेको सडक विस्तार गर्ने भारतिय रबैयाप्रति आपत्ति जनाएको छ ।

सयौँ बर्ष पुरानो सीमा विवादको कुटनीतिक तथा राजनीतिक सम्वादमार्फत समाधान खोज्नुको साटो भारतले मिचाहा प्रवृत्ति जारी राखेको ठहर गर्दै एनआरएनएले विश्वभरका नेपाली आफ्नो मातृ भूमिको रक्षाका लागि ढाल बनेर उभिने उद्घोष समेत गरेको छ ।

नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक अतिक्रमण गरेर जारी राखेको भारतीय नक्सा सच्याउन र सीमा क्षेत्रमा तैनाथ गरिएको सेना हटाएर तत्काल राजनीतिक तथा कुटनीतिक पहल थाल्न एनआरएनले ध्यानाकर्षण गराएको छ।

भारतले गत शुक्रबार लिपुलेकस्थित नेपाली भूमिबाट तिब्बतस्थित मानसरोबर जाने सडक उद्घाटन गरेपछि नेपालमा चर्को बिरोध भैरहेको छ ।