MENU

भारतले बनायो नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बत जाने सडक

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको पिथौरागृह—तावाघाट— लिपुलेक सडकको उद्घाटन गरेको द हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतले कूल ७८ किलोमिटर सडकको ट्र्याक खुलाएको हो ।

कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको सो सडकको शुक्रबार भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उद्घाटन गरेको समाचारमा उल्लेख छ ।
त्यस्तै रक्षामन्त्री राजनाथ सिंहले ट्विटमा बोर्डर रोड अर्गनाइजेशन ( बिआरओ) ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको जानकारी दिएका छन् ।

भारतले चीनको सीमासँग जोड्ने गरी सडक निर्माण गरेको यो पहिलो सडक हो ।

नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोधसमेत भइरहेको छ ।
..