MENU

भारतले सिमा मिचेर सडक बनाएपछि लिपुलेक नजिकै सशस्त्रको प्रहरी पोष्ट स्थापना

भारतले सीमा मिचेर सडक निर्माण गरेको दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बीओपी स्थापना गरिएको छ।

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबहादुर थापाले आज त्यहाँ पुगेर सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको कमान्डमा २५ जना टोली सहभागि पोष्टको उद्घाटन गर्नुभएको सशस्त्र प्रहरीले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमा दुई पटकमा गरेर खलंगाबाट २५ जनाको सो टोली छाङरु पुगेको हो ।

त्यस्तै सोही क्षेत्रमा नेपाल प्रहरीको पनि ९ जनाको टोली रहने छ। त्यो टोली पनि बुधबार नै हेलिकोप्टरमा त्यहाँ पुगेको छ।

बुधबार निर्माण गरिएको यो बीओपी पोस्ट भारतले सडक निर्माण गरेभन्दा १३ किलो मिटर तल पर्छ।