MENU

भारतिय सुपरस्टार अमिताभको परिवारका ४ जनालाई कोरोना संक्रमण

काठमाडौं, नेपाल ।

बलिउड अभिनेता अभिताभ बच्चन र उहाँका छोरा अभिनेता अभिषेक बच्चनको सहित बच्चन परिवारका चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अभिताभ र अभिषेकका साथै ऐश्वर्या राय बच्चन र उहाँकी छोरी आराध्यालाई पनि कोरोना देखिएको भारतिय संचार माध्ययमहरुले जनाएका छन् ।

हिजो राती अभिनेता अमिताभ र अभिषेकले ट्वीटर मार्फत आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका थिए ।

उनीहरुलाई मुम्बाईको नानावती अस्पतालमा भर्ना गरिएको छ। बच्चन परिवारमा उहाँकी छोरी स्वेता उनका सन्तानहरुको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ।

अनुपम खेरको परिवारका पनि चार जनालाई कोरोना

त्यस्तै बलिउड अभिनेता अनुपम खेरको परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

अनुपम खेरले ट्वीट गरेर आफ्ना आमा, भाइ, भाउजु र भतिजीलाई कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनीहरुलाई मुम्बईको कोकिलावेन अस्पतालमा भर्ना गरिएको पनि उनले जानकारी दिएका छन् ।