MENU

भिक्टोरियाका नेपाली इन्जिनियरहरुको सहयोगमा तयार भयो “स्वाब टेस्ट बुथ”

मेलबर्न । कोरोना भाइरसको परिक्षणका लागि सुरक्षित रुपमा स्वाब संकलन गर्न उपयोगि बुथ बनाउन अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपाली इन्जिनियरहरुले सहयोग गरेका छन् ।

नेप्लिज इन्जिनियस एसोसिएसन बाग्मती प्रदेश समितिको पहलमा शुरु भएको “स्वाब टेस्ट बुथ” निमार्ण अभिायानमा भिक्टोरिया मेलबर्नका नेपाली इन्जिनियर्सले साथ दिएका हुन् ।

नेपालका बिभिन्न अस्पताल तथा शिविरहरुमा अग्रपंतिमा बसेर कोरोना भाइरसको स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि यस्ता बुथहरुको माग बढी भएकोले सहयोग गरिएको अभियानका संयोजन कर्ता निराजन गौलीले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

करिव २४ जना भिक्टोरियाबासी नेपालीको १३ सय ४२ डलर सहयोगमा तयार भएको बुथ शुक्रराज ट्रपिकल अस्पताल टेकुलाई हस्तान्तराण गरिसकिएको गौलीले जानकारी दिए ।

नेप्लिज इन्जिनियस एसोसिएसन बाग्मती प्रदेश समितिको पहलमा १७ वटा बुथ बनाएर देशका बिभिन्न अस्पतालहरुमा हस्तान्तरण गरिसकेको छ ।