MENU

भिक्टोरियामा कोरोना भाइरसको दोस्रो वेभ चार नेपाली संक्रमित

मेलबर्न । भिक्टोरिया राज्यमा कोरोना भाइरस संक्रमणको दोस्रो वेभमा नेपाली विद्यार्थीहरु पनि संक्रमित भएका छन । नेपालीहरुको घनावस्ती रहेको मेलबर्नको ग्लेनरोय नगरमा बसोबास गर्दै आएका चार जना नेपाली विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मेलबर्नको ग्लेनरोय नगरमा वस्ने एकजना बिद्यार्थीमा पहिल्यै भाइरसको संक्रमण देखिएको र उसको सम्पर्कमा आएका थप तीनको कोभिड परीक्षण गर्दा उनीहरुको पनि कोभिड पोजेटिभ रिजल्ट आएको थियो ।

गैर आवासीय नेपाली संघ भिक्टोरियाका संयोजक प्रेम कंडेलले भने चार जनामा संक्रमण देखिएको छ अन्य दुई जनाको परीक्षण रिपोर्ट आउन वाँकी छ । संक्रमित चार जनालाई होम क्वारेन्टिमा राखिएको छ । संक्रमितहरूलाई गैर आवासीय नेपालीसंघ भिक्टोरियाले ग्रोसरी तथा   सेनिटाईजर उपलब्ध गराउने संयोजक कडेलले बताए ।