MENU

भिक्टोरियामा १५ सय डलरको (कोभिड-१९) वर्कर सपोर्ट पेमेन्ट कसरी लिने ?

Nepalese Australian

PhotoVictorian Department of Health & Human Services

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले भिक्टोरियाका मजदुरहरु तथा उनीहरुका अभिभावक जसलाई कोरोना भाइरस (कोभिड-१९) का कारण सेल्फ आइसोलेसन अथवा क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ उनीहरुलाई आर्थिक सहयोग गर्न भुक्तानी प्रदान गरिरहेको छ । सरकारले १५ सय डलर कोरोना भाइरस (कोभिड-१९) कामदार सहयोग भुक्तान  प्रदान गरिरहेकाे छ ।

कोरोना भाइरस कामदार सहयोग भुक्तानको लागि योग्य हुन तपाईलाई निम्न कुरा आवश्यक पर्छः

१) कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएको वा संक्रमितको संम्पर्कमा आएको कारण स्वास्थ्य र मानव सेवा विभागले सेल्फ आइसोलेसन वा होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको ।

२) यस्तो व्यक्ति जसको हेरचाहमा रहेका १६ वर्ष मुनिका बालबालिका कोरोना भाइरस (कोभिड-१९) संक्रमित भएको वा संक्रमितको संम्पर्कमा आएको र उनलाई स्वास्थ्य र मानव सेवा विभागले सेल्फ आइसोलेसन वा होम क्वारेन्टाइनमा वस्न निर्देशन दिएको ।

भुक्तानीका लागि योग्यतः

१) १७ वर्ष वा सो भन्दा माथिको हुनुपर्ने
२) वर्तमान अवस्थामा भिक्टोरियामा बसोबास गर्दै आएको ४५७ र ४८२ मा रहेका व्यक्ति समेत)
३) सेल्फ आइसोलेसन वा क्वारेन्टाइनमा बसेको समयमा गरेको भएपनि घरमै बस्नु परेको कारण काम नगरेकोे
४) कुनै खाले आम्दानी नभएको, रोजगारदाताबाट तलब नदिएको
५) परिक्षण पछि आफूलाई सेल्फ आइसोलेन गर्नुपरेको
६) तपाईसँग थोरै बिरामी बिदा रहेको जसमा कुनै विशेष महामारी बिदा समाहित भएको ।
७) जबकिपर भुक्तानी अथवा अस्ट्रेलियन सरकारले आम्दानीका लागि प्रदान गरेको सहयोग प्राप्त नगरेको

स्थायी, अनौपचारिक, पार्टटाइम, निश्चित अवधि, र स्वरोजगार भएका मानिसहरु समेत यसका लागि योग्य हुनेछन र यसका लागि तपाई अस्ट्रेलियाका नागरिक वा स्थायी निवासी हुनु पर्ने आवश्यक पर्दैन ।

कोरोना भाइरस (कोभिड-१९) कामदार सहयोग भुक्तानले सेल्फ आइसोलेसन वा क्वारेन्टाइनका कारण घरमा बसेका मानिस तथा परिवारलाई आर्थिक भार कम गर्दछ ।

आर्थिक सहायता प्रदानले उनीहरु माथिको बोझ कम गर्न मद्दत गर्दछ तथा कोरोना भाइरस परिक्षणको परिणाम कुरिरहेका मानिसहरुलाई घरमा बस्न सहज बनाउछ ।

थप जानकारीका लागि तलको लिंकमा जानुहोला ।

https://www.dhhs.vic.gov.au/covid-19-worker-support-payment

टेस्ट आइसोलेसन पेमेन्टको लागि यो लिंकमा  जानुहोला ।

https://www.dhhs.vic.gov.au/employee-isolation-payment-covid-19