MENU

भिक्टोरिया सरकारले नेपाली भाषामा निकाल्याे महत्वोपूर्ण सूचना ”कोरोनाबाट बच्न के गर्ने ”

मेलबर्न । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस सन्क्रमणको दोश्रो तरङ देखिएपछि राज्य सरकारले स्वास्थ्य सतर्कता बढाएको छ । उक्त सतर्कता अन्तर्गत जुलाई ९ तारिख देखि, मेल्बर्न महानगर तथा मिचेले शाएर ईलाकाहरूमा नयाँ प्रतिबन्धहरू लागू भएका छन।

यो क्षेत्रमा नेपालीहरुको बसोबास बढि भएकोले भिक्टोरिया सरकारले नेपाली भाषामै बिशष सन्देश जारी गरेको छ। नेपालीमा जारी उक्त सन्देशमा आफ्नो समुदायलाई सुरक्षित रानख्न सबै जिम्मेवार हुनुपर्ने बताइएको छ र यसको लागि गर्नुपर्ने कुराहरूको सुचि पनि दिइएको छ ।

भिक्टाेरिया सरकारले समुदायलाई सुरक्षित रहन जारी गरेकाे बिशष सन्देश

  • यदि तपाईं अस्वस्थ हुनुहुन्छ भने घरमै बस्नुहोस् । परिवार भेट्न वा काममा नजानुहोस् ।
  • यदि तपाईंमा कोरोना भाइरसका लक्षणहरू छन् भने तपाईंले परिक्षण गराउनै पर्छ । (नजिकैको जिपिकोमा जानुहोस् अथवा तपाईंलाई नेपाली भाषी जिपिसँग परामर्श लिन चाहनुहुन्छ भने यो लिन्कमा गएर हेर्नुहोस्। (http://www.nav.org.au/support/nepali-speaking-general-practitioners-in-victoria/)
  • यदि सकिन्छ भने घरबाटै आफ्नो काम गर्नुहोस् ।
  • यदि तपाइले आफ्नो परिवारको सदस्य बाहेक अरू मान्छेहरूलाई बाहिर भेट्नु भयो भने तपाईंले उनीहरूबाट आफ्नो दूरी कायम राख्नु पर्छ – हात मिलाउन र अंगालो मार्नु हुँदैन । यसले तपाईंलाई माया गर्ने मानिसहरू सुरक्षित राख्न मद्दत गर्छ ।
  • आफ्ना हातहरू धुनुहोस्, खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाक छोप्नुहोस् र अरू मानिसहरूबाट १.५ मिटरको सुरक्षित दूरी कायम राख्नुहोस् ।

निम्न अवस्थामा मात्र घरबाट बाहिर निस्कन पाइने

उक्त सुचनामा यी इलाकामा चार कारणहरूका लागि मात्र घरबाट बाहिर निस्कन सरकारले निर्देशन जारी गरेको छ । ती चार कारणहरुको सुचि नेपाली भाषामा यसरी दिइएको छ ।

  • आफूलाई आवश्यक खाना र उपभोग्य सामानहरूको किनमेल गर्न
  • हेरचाह गर्न जान, सहानुभूति दिन जान वा चिकित्सा उपचार गराउन
  • व्यायाम गर्न वा बाहिरी (आउटडोर) सृजनात्मक कृयाकलाप गर्न (बाहिरी कृयाकलाप गर्दा एक जना अर्को ब्यक्ति वा आफ्नै परिवारको सदस्यहरूसँग मात्र)
  • काम र अध्ययन गर्न जान, यदि घरबाट गर्न नमिलेमा हेरचाह गर्न वा सहानुभूतिको लागि बाहेक घरमा आगन्तुकहरू आउन वा निम्त्याउन पाउदैन् वा अरूहरूलाई पनि भेट्न जान पाउनुहुन्न् ।

सहयाेगका लागि सम्पर्क निकाय

उक्त सुचनामा यदी कसैलाइ कोरोना भाइरस सम्बन्धी जानकारी चाहिएमा अथवा कुनै अफ्ठ्यारोमा परेमा नेपाली भाषामै सहयोग पाइने सस्था ठाउ र ब्यक्तिहरुको सुचि पनि दिएको छ । निम्न मध्य कुनै पनि ठाउँमा संपर्क गरेमा अबस्य सहयोग मिल्ने बताइएको छ ।

  • कोरोना भाइरस हेल्पलाइनलाई 1800 675 398 मा (दैनिक २४ सै घण्टा) सम्पर्क गर्न सकिन्छ
  • http://www.coronavirus.vic.gov.au/nepali – नेपाली भाषामा थप जानकारीको लागि
  • Nepalese Association of Victoria – www.nav.org.au
  • Nrna Victoria Australia – www.nrna.org.au
  •  अन्य सामाजिक संस्थाहरु
    Study Melbourne – https://www.studymelbourne.vic.gov.au/…/support-for-student…
  • Local Councils – आफु बसोबास गरेको काउन्सिलले पनि तपाईंलाई सहयोग उपलब्ध गराउछ।
    Red cross – https://www.redcross.org.au/…/community-servi…/covid-connect
  • COVID-19 Mental health support-

बिसौ हजार नेपाली बसोबास गर्ने भिक्टोरियामा कोरोना भाइरस सन्क्रमणको दोश्रो तरङमा चार जना नेपालीमा कोरोना भाइरस लागेको पुस्टी भएको छ ।

मेलबर्नको ग्लेनरोय नगरमा वस्ने एकजना बिद्यार्थीमा पहिल्यै भाइरसको संक्रमण देखिएको र उसको सम्पर्कमा आएका थप तीनको कोभिड परीक्षण गर्दा उनीहरुको पनि कोभिड पोजेटिभ रिजल्ट आएको थियो ।

दोश्रो तरङ आएपछि यहाँ छ हप्ता लामो लक्डाउन घोषणा गरिएको छ र अस्ट्रेलियाका सबै राज्यहरुले केही अत्याबश्यक सेवा बाहेक भिक्टोरिया राज्य सँगका स्थल, हवाइ तथा जल सम्पर्कहरु बिच्छेद गरेका छन् ।

यदि सरकारको अनुमति बिना भिक्टोरिया राज्यबाट अन्य राज्यमा प्रबेश गरेमा ११ हजार अस्ट्रेलियन डलर जरिवाना वा ६ महिना जेलको सजाय हुन सक्ने छ ।