MENU

भिसा सबक्लास ४९१ लचिलो र सजिलो बिकल्प

Hem Raj Bhatta

नयाँ ब्यबस्था अन्तर्गत आवेदकहरु न्यु साउथ वेल्स स्ट्रीम १ अन्तर्गतको न्यु साउथ वेल्स रिजनल स्किल्ल्ड अकुपेशन लिस्ट भित्रको हुनुपर्ने छ र अहिले न्यु साउथ वेल्स राज्यका तोकिएका रिजनल एरियामा बसिरहेको हुनु पर्दछ  ।

Nyngan Cotton Farm Orana Region of central New South Wales _Skilled Work Regional visa (subclass 491) Photo Rishi Acharya
Nyngan Cotton Farm Orana Region of central New South Wales _Skilled Work Regional visa (subclass 491) Photo: Rishi Acharya

न्यु साउथ वेल्स राज्यले स्किल्ड वोर्क रिजनल (प्रोभिजनल) सबक्लास ४९१ का लागि आवश्यक योग्यताहरु सार्बजनिक गरेको छ । जस अन्तर्गत आगामी जुन २६ तारिख शुक्रबार साँझ ५ बजे सम्म  आवेदकहरुले पठाएका आबेदन स्वीकार गरिने बताएको छ ।

सिड्नी र असपासका सहरहरूमा बाढ्दो भिडभाड र उच्च जनसंख्य बृदिलाइ सन्तुलन गर्न पनि यो माइग्रेसनके कार्यकृम ल्याइएको भनिएको छ ।  अन्य राज्यले ल्याएका रिजनल माइग्रेसनके नीति को तुलनामा सजिलै पुरा गर्न सकिने र धेरै सम्भावना भएको भनिएको यो कार्यकृमको बारेमा यो लेखमा चर्चा गरिएको छ ।

आवेदकले पूरा गर्नु पर्ने योग्यता

नयाँ ब्यबस्था अन्तर्गत आबेदकहरु न्यु साउथ वेल्स स्ट्रीम १ अन्तर्गतको न्यु साउथ वेल्स रिजनल स्किल्ल्ड अकुपेशन लिस्ट भित्रको हुनुपर्ने छ र अहिले न्यु साउथ वेल्सका तोकिएका रिजनल एरियामा बसिरहेको हुनु पर्दछ  । न्यु साउथ वेल्स स्ट्रीम १ अन्तर्गत धेरै जसो आवेदकहरुको अकुपेसन अकाउन्टिंग, नरसिंग, सेफ, कुक, आइटी र इन्जिनीअरिंग रहेका छन् ।

यसमा दुइ मुख्य ब्यबस्था अन्तर्गत आवेदकले सबक्लास ४९१को लागि योग्य हुन जम्मा ६५ पोइन्ट र पूर्ण स्किल टेस्ट सहित अंग्रेजी भाषा जाँचमा चारै ब्याण्डमा ६ नम्बर हुनुपर्दछ  । यी योग्यता पुगेकालाई  गृह मामिला बिभागले आवेदनका लागि निमन्त्रणा गर्दछ ।

यो सबक्लासका ब्यबस्था पुरा गर्नका लागि आवेदकहरुले स्किल स्लेकटमा असय पत्र (इ ओ आइ ) भर्नु पर्दछ र ३३० डलर तिरेर आवश्यक कागजपत्र सहित  निबेदन दिनु पर्दछ ।

यो व्यवस्थाले आवेदक तत्काल ब्यबस्था गरिएको रिजनल एरियामा बसेको वा यसघि नै बसिरहेको हुनसक्छ तर रिजनल न्यु साउथ वेल्समा न्युनतम कति समय बस्नु पर्छ वा बसेको हुनुपर्छ भन्ने कुरा को समय सिमा छैन । यस्तो ब्यबस्था हुनुको अर्थ स्पस्ट हुन्छ कि आवेदक योग्यता पुर्याउन रिजनल एरिया बाट अन्त  जान सक्दैन र आबासीय प्रमाण बिस्तारै जाचिने छ । र कुनै कुराले पनि स्टेट अप्लिकेसनका लागि रोक्ने छैन ।

आवेदकले उक्त इलाकामा छोटै समय बसेको भएपनि क्राइटेरिया पुरा गर्न सक्नेछ किनकि समय सिमाको कुरा छैन यसबाट एक दिन बसेको भए पनि क्राइटेरिया पुग्छ भनेर सुझाव दिन सकिन्छ । यो एउटा ग्रे एरिया हो  तर यो स्टेटले आवेदक उक्त एरियामा बसेको वा बसिरहेको समय निश्चित मिति अघि बिशिस्टकृत गर्न सक्छ तर यो अहिले तत्काल लागु हुने कुरा होइन  ।

लचिलो र सजिलो बिकल्प

लामो समय देखि र सम्भवत लामो समय सम्मको लागि उपलब्ध यो लचिलो र सजिलो बिकल्पका लागि योग्य आवेदकले निबेदन दिइहाल्नु पर्छ । खराब कुनै कुरा हुनसक्छ भने स्टेटले अस्विकार गर्न सक्छ ( इन्भीटेसन नपठाएर) तर त्यो कुराले अहिले तपाई संग भएको भिसालाइ कुनै असर गर्दैन र भविष्यमा अर्को कुनै भिसाका लागि दिने निबेदनलाइ असर गर्दैन ।

स्टेट सन्तुस्ट नहुन सक्छ, अस्वीकृत हुनसक्छ वा इन्भीटेसन प्राप्त नहुनसक्छ, तपाइको समय र मेहनत र पैसा खेर जान सक्छ, यदपि यसको योग्यता बारे लचकता र सजिलो पनले यदि तपाइले इन्भीटेसन पाई हाल्नु भो भने सबक्लास ४९१ को बिकल्प प्राप्त गर्नु हुन्छ  । र जहाँ सम्म तपाइले जेनुइन कागजपत्र र सुचना दिनु हुन्छ तब डराउनु पर्ने कुनै कारण छैन । कृपया ख्याल राख्नुस कि कुनै प्रकारका नक्कली सुचना वा कागजपत्र कसैले पेश नगर्नुहोला ।

रोचक कुरा के छ भने ४९१ का लागि तोकिएको  रिजन एरिया र बर्तमान ब्यबस्था अन्तर्गत तोकिएको रिजनल एरियाले ओलोंगोन र न्यु क्यासल जस्ता प्रमुख रिजनल एरिया भने कभर गर्दैन ।

 Writer is a Register Migration Agent (MARN: 1466471) at Residency Guide and is Lawyer -Immigration at Residency Legal. The information above is a view of the writer personally and cannot be taken as a migration advice or assistance under the Migration Act 1958. If you need migration advice or assistance, please contact the writer or a RMA for individual advice in your circumstances.

लेखक रजिस्टर्ड माइग्रेसन एजेन्ट हुन्  (एमएआरएन १४६६४१)