MENU

भ्यालेन्टाइन पार्कमा माछापुच्छ्रे कप

माछापुच्छ्रे कप फुटबल प्रतियोगिता यस पटक आउँदो नोभेम्बर १६ र १७ का दिन भ्यालेन्टाइन पार्कमा आयोजना हुने भएको छ।

 

 

आयोजक माछापुच्छ्र्रे क्लबले शनिबार प्रायोजक सफायर रियल स्टेटको कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस संस्करणमा सिड्नी बाहिर क्यानबेरा, मेलवर्न र ब्रिजबेनका चार टोलीसहित कूल १६ टोलीको सहभागिता रहने जानकारी दिएको हो।

 

 

पाँंच हजार दुई सय पचास डलर पुरस्कार रहेको प्रतियोगिता लिग कम नकआउटका आधार खेलाइने र विजेता टोलीलाई क्रमस तीन हजार, एक हजार र पाँंच सय डलरको धनरासीसँंगै ट्रफी तथा प्रमाणपत्र वितरण गरिने क्लबका अध्यक्ष यज्ञधर बज्राचार्यले बताए।

उनले नाइन ए साइड फुटबल प्रतियोगिता भएकोले एउटा टोलीमा कूल १५ खेलाडी र दुई अफिसियलसहित १७ जना रहने समेत जानकारी दिए। 

 

कार्यक्रममा अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले अस्ट्रेलियाभर छरिएर रहेका फुटबलप्रेमी बीचको आपसी भाइचारासँंगै खेलकुदको माध्यमबाट नेपालको नाम परिचित गराउन यस्तो प्रतियोगिताहरू उपयोगी रहँदै आएको बताए।

 

 

कार्यक्रममा प्रायोजक सफायरका तर्फट विश्वास भट्टराईले सामाजिक संरचनाभित्रको महत्वपूर्ण पाटोको रूपमा रहेको खेलकुद र त्यसमाथि फुटबलको माध्यमबाट गोलबद्ध रहेको माछापुच्छ्रेसँंग सहकार्य गर्न पाउनु खुसीको विषय रहेको बताए।

 

 

कार्यक्रममा क्लबका सचिव प्रविण जोशीले प्रतियोगिताको विस्तृत विवरण र यसका प्राविधिक विषययबारे प्रष्ट पारेका थिए।

 

 

प्रतियोगितालाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने हरेक समूहबाट दुई टिम क्वार्टरफाइनलमा प्रवेश गर्ने छन्।

 

 

सम्मेलनमा समूह विभाजनको लक्की ड्र समेत आयोजना गरिएको थियो। जसमा समूह एमा आयोजक माछापुच्छ्रे क्लब, गोर्खा एफसी, ड्रुक एफसी र फेवा फुटबल क्लब रहेका छन् भने समूह बीमा टीआरजी,क्यानेबरा एफसी, सगरमाथा एफसी,ग्रानभिल राइनोज रहेका छन्।

 

 

यस्तै, समूह सीमा बेनी क्लब ,सिम्रिक क्लब, द ब्रिगेड क्लब र वेस्ट युनाइटेड तथा समूह डिमा सेन्ट जोर्ज ,यती एफसी, क्लब नेपाल र तामाङ रिक्रेयसनल क्लब रहेका छन्।