MENU

महामारीमा प्रेस स्वतन्त्रता हनन् भयो-आईएफजे

Nepalese Australian

इन्टरनेशनल फेडेरेसन अफ जर्नलिष्टका उप महासचिव जेरेमी डियरले विश्वभरी नै कोरोना भाइरसको समयमा प्रेस स्वतन्त्रता माथिको आक्रमण बढेको बताए ।

सिड्नी । कोभिड-१९ कारण विभिन्न देशहरुमा प्रेस स्वतन्त्रता माथि हनन् भएको तथ्य सार्वनजीक भएको छ । प्रेस स्वतन्त्राता सम्बन्धित एक अन्तर्राष्ट्रिय कार्यक्रमका वक्ताहरुले चीन, रुस र टर्की जस्ता देशहरुले कोभिड-१९ लाई आलोचना गर्ने मिडियामाथि अंकुश लगाउने हतियारको रुपमा प्रयोग गरेको बताए ।

फ्रि वर्ड कमिटी अफ ह्युमन राइट्स सोलिडारिटीले भाइरस अन फ्रिडम अफ एक्सप्रेसन वेबिनारका क्रममा इन्टरनेशनल फेडेरेसन अफ जर्नलिष्टका उप महासचिव जेरेमी डियरले विश्वभरी नै कोरोना भाइरसको समयमा प्रेस स्वतन्त्रता माथिको आक्रमण बढेको बताए ।

तर जेरेमीले यो आक्रमण कोरोना भाइरसको कारण नभइ तानाशाह शासकहरुले यसलाई प्रेस स्वतन्त्रता हनन गर्ने हतियारको रुपमा प्रयोग गरेको दावी गरे ।

“उनीहरुले प्रेसमाथिको अंकुश अस्थायी भएको बताए ती अंकुशहरु स्थायी भएका छन्,” बताउदै जेरेमीले विश्वभरी नै पत्रकारलाई पक्राउ गर्ने, धम्की तथा डर देखाउने, आर्थिक बोझ थप्ने तथा झुटो समाचार सम्बन्धि कानूनहरु ल्याइएको जसले स्वतन्त्र पत्रकारितालाई कमजोर पारेको कुरामाथि जोड दिए ।

वेबिनारमा भाग लिएका पत्रकार, संम्पादक, मानवअधिकार संस्था तथा पत्रकार सम्बन्धी संस्थाका प्रतिनिधिहरुले तानाशाह शासकहरुले रुस, चीन तथा टर्कीमा महामारीको समयमा पत्रकारलाई धम्की दिने तथा आलोचनात्मक पत्रकारितालाई मौन राख्न प्रयोग गरेको दावी गरे ।

महामारी भन्दा पहिला चीन र टर्कीमा विश्वभरी कै सबैभन्दा बढी पत्रकारहरु जेलमा थिए भने सेन्सरशिप र स्वतन्त्र पत्रकारहरु माथिको धम्की रुसी संचार माध्यम परिदृष्यको विशेषता रहेको बताएका थिए ।

चीनले पत्रकारहरुलाई बलपूर्वक क्वारेन्टाइनमा पठाएको, संचार माध्यमलाई आलोचनात्मक विचार राख्न बन्द गरेको, विदेशी पत्रकारलाई निस्तेज गरेको तथा आफ्ना नागरिकलाई विदेशी भाषामा अन्तरवार्ता दिन रोक लगाएको बताइएको थियो ।

चीनमा रहेर बजफिड न्यूजका लागि काम गरेका मेघा राजा गोपालनले विदेशी नागरिकहरु स्थानीय सूचनामा भर पर्ने भएपनि चीनले समाचारका स्रोतहरुलाई धम्काएको कुरा औलाए ।

टर्कीको टर्किस जर्नलिष्ट युनियनले हाल ८५ जना पत्रकार अत्यधिक भिड भएको जेलमा रहेको तथा उनीहरु कोरोन भाइरस संक्रमणको उच्च जोखिममा रहेको जनायो । सेन्सरशिप, धम्की तथा संचारमाध्यमलाई बन्द गराइदा कोभिड-१९ सम्बन्धि गुणस्तरिय रिर्पोटिङ नभएको बताइको छ ।

सरकारले महमारी नियन्त्रणका लागि गरेको प्रयासका बारेमा रिर्पोटिङ गर्दा पत्रकारहरु पक्राउ परेका छन् तथा डिजिटल सेन्सरशिप तथा पत्रकारहरुमाथिको धम्कि बढेको बताइएको छ ।