MENU

मासु लिएर आउँदा अष्ट्रेलियाले गर्यो भिसा नै रद्द, नेपाली पनि पर्न सक्छन यस्तो कार्वाहीमा

सिडनी, अस्ट्रेलियाको सिड्नी विमानस्थलमा एक भियतनामी यात्रुले बिना जानकारी मासुलगायत अन्य खाद्यान्न सामग्री ल्याएपछि अध्यागमन विभागले भिसा रद्द गरी आफ्नो देश फिर्ता पठाएको छ । 

 

सिड्नीमा बस्दै आएकी ४५ वर्षीया भियतनामी महिलालाई १० किलो स्क्विड, बट्ट्याईं र करिब पाँंच किलो सुँगुरको मासु अनि केही अण्डा अध्यागमन विभागको जानकारी नदिइ अस्ट्रेलिया लिएर आएको भन्दै उनको भिसा रद्द गरेको हो ।

 

 

अष्ट्रेलियाका संघीय कृषि मन्त्री ब्रिजेट मकेञ्जीले यो घटनालाई पुष्टि गर्नुभएको छ । मन्त्री मकेञ्जीका अनुसार जैविक सुरक्षाको तालिम पाएको र सुकी नाम गरेको एक कुकुरले उक्त पकाएको सुंगुरको मासु ल्याउने ती महिलालाई पहिचान गरेको थियो । परिवारका लागि आफूले मिष्ठान्न पकवान लिएर आएको बताउने ती महिलाले भने आफूले जानिबुझी गल्ती नगरको बताए पनि अष्ट्रेलियाले फिर्ता पठाएको हो ।

 

 

‘यदि तपाईं अफ्रिकाका स्वाइन फ्लू फैलिएको राष्ट्रबाट अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने, तपाईंलाई सतर्कतापूर्वक निगरानी गरिन्छ’, मन्त्री मकेञ्जीले क्यानबेरामा सञ्चारकर्मीसमक्ष भन्नुभयो । 

 

सुंगुर प्रजातिका पशुमा लाग्ने सरूवा रोग अस्ट्रेलियामा हालसम्म नदेखिएको र भविष्यमा पनि यहाँ आउन नदिन आफूहरू दत्तचित्त भएर लागेका कारण बिना घोषणा मासु लगायतका खाद्य पदार्थ बोकेर आउने यात्रुलाई कडा कारबाही हुने मन्त्री मकेञ्जीले प्रष्ट पार्नुभयो ।

 

 

‘तपाईं अस्ट्रेलिया आउँदै हुनुहुन्छ र छोरो छोरीको आग्रह र माया ममतामा परेर प्रतिबन्धित खाद्य पर्दाथ ल्याउनु भएको छ भने तपाईंको भिसा समेत रद्द हुनसक्ने छ’ भन्दै सम्बन्धित निकायले स्पष्ट पारेको छ ।

 

 

 नेपालबाट समेत अभिभावक आउँदा गुन्द्रुक, सुकुटी, तामा र मस्यौरा जस्ता खाद्य पर्दाथ ल्याउन निकै कडाइ गरिएको छ । बिनाघोषणा ल्याएमा जरिवाना समेत गरिएको छ । 

 

 

छिमेकी पूर्वी टिमोरमा देखापरेको सरूवा रोगलाई अष्ट्रेलिया आउन नदिन डार्विन आउने विमानमा सवार मानिस र कार्गो जाँचमा कडाइ गरिएको हो ।