MENU

मेलबर्न र सिड्नीका नेपाली विद्यार्थीलाई ओसिनियाले सहयोग गर्ने

Nepalese Australian

सिड्नी । ओसिनिया एजुकेसन एण्ड भिजा सर्भिसेज (ओभिईएस) अष्ट्रेलियाले मेलबर्नको कोरोना भाईरस कोभिड-१९ को दोश्रो लहरका कारण प्रभावित नेपाली विद्यार्थीहरूलाई सहयोग गर्ने भएको छ। मेलबर्नमा पछिल्लो समय फैलिएको कोरोना संक्रमणका कारण संकटकाल लगाईएको छ।

चौंथो तहको लकडाउनसँगै मेलबर्नका उद्योग व्यवसायहरू बन्द छन्। जसको कारण विद्यार्थीहरूले रोजगारीको अवसर गुमाएका छन्, जो सरकारका धेरै सहयोगको दायरामा समेत पर्दैनन्।

ओसिनिया एजुकेसन एण्ड भिजा सर्भिसेजले मेलबर्नको संकटकाल र लकडाउनको मारमा परेका विद्यार्थीहरूलाई तत्कालका लागि ५० जनालाई जनही ५० डलरको ‘ग्रोसरी भौचर’ सहायता दिने बताएको छ।

ओसिनियाका म्यानेजिंङ डाईरेक्टर भुपाल सिटौलाले कोरोनाका कारण प्रभावित बनेका नेपाली विद्यार्थीहरूलाई कलेज तथा यूनिभर्सिटीका कोर्श साथै भिसा र माईग्रेसनका अरू पक्षमा छात्रवृत्ति र छुटको व्यवस्था गरिरहेको अवस्थामा मेलबर्नको अहिलेको स्थितीमा दैनिक जिवनयापनका पक्षमा समेत सहयोगको आवश्यक्ता देखिएकोले सुरूवाती हात अघि बढाएको बताए।

“मेलबर्नमा बसिरहेका विद्यार्थीहरू जो कोरोनाको कारण काम गुमाएका छन् उनीहरूको लागि अहिलेको सहयोग केन्द्रीत हुनेछ। यसका लागि केही योग्यताका शर्तहरू राखिएका छन् ताकी समस्यामा रहेका विद्यार्थीहरू सम्म सहयोग पुगोस्।” सिटौलाले भने “यतिखेरको सहयोग पाउनका लागि विद्यार्थी मेलबर्नमा बसेको हुनुपर्ने, २०१९ को नोभेम्बर वा त्यसपछी अष्ट्रेलिया आएको हुनुपर्ने, काम नभएको वा गुमाएको हुनुपर्ने छ।”

समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न खोजिएकाले यी शर्तहरू ‘ब्रम्हवाक्य’ भने होईनन् उनले प्रस्ट पार्दै भने “विद्यार्थीको समस्या हेरेर लचकता साथै अपनाईन्छ ।” तर, सहयोगको दूरूपयोग नहोस् र सही ठाउँमा पुगोस् भनेर मेलबर्नमा बसेको प्रमाण दिनसक्ने अवस्थामा विद्यार्थी हुनुपर्छ सिटौलाको भनाई छ।

सिड्नीका विद्यार्थीलाई पनि ग्रोसरी सहयोग

मेलबर्नमा दोश्रो लहरको प्रभाव समुदायमा देखिन थालेकाले त्यता सहयोगको हात अगाडी बढाउँदै ओसिनियाले सिड्नीमा रहेका नेपाली विद्यार्थीहरूलाई पनि तत्कालिन सहयोग गर्ने जनाएको छ। तत्कालका लागि सिड्नीमा रहेका र समस्यामा परेका ५० विद्यार्थीलाई समेत जनही ५० डलरको ग्रोसरी सहयोग गर्ने तयारी गरिएको सिटौलाले थपे।

कसरी लिने सहयोग?

मेलबर्नको महामारीमा परेका विद्यार्थीहरूलाई समस्या परेको अवस्थामा केही सहयोग होस् भनेर सुरू गरिएकाले ओसिनिया एजुकेसन एण्ड भिजा सर्भिसेजले विद्यार्थीलाई अनलाईन मार्फत फर्म भर्न भनेको छ। मेलबर्नमा रहेका विद्यार्थीले याे लिंकमा  गएर फर्म भर्न सक्छन्।