MENU

मेलबर्न स्टार्सलाई पराजित गर्दै सिड्नी सिक्सर्स बिग ब्यास लिग क्रिकेटको फाइनलमा

मेलबर्न स्टार्सलाई पराजित गर्दै सिड्नी सिक्सर्स बिग ब्यास लिग क्रिकेटको फाइनलमा पुगेको छ।

 

अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा आज भएको क्वालिफायर खेलमा मेलबर्नलाई ४३ रनले पराजित गर्दै सिड्नी बिग ब्यास लिगको फाइनलमा पुगेको हो। १४३ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्नले १८ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९९ रन मात्रै बनाएपछि सिड्नीले फराकिलो जित हात पारेको हो।

 

मेलबर्नका ३ जना खेलाडीले दोहोरो अंक बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन्। क्लिन्ट हिन्चलिफले अविजित २५ रन बनाउँदा कप्तान ग्लेन म्याक्सवेल र नाइक मेडिनसनले समान १६–१६ रन बनाए। बलिङतर्फ सेन अबोटले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेटको क्षतिमा १४२ रन बनाएको थियो। उसका लागि जोश फिलिपेले ३४, जोर्डन सिल्कले २५ र स्टेभन स्मिथले २४ रन बनाए। बलिङतर्फ एडम जाम्पाले ३ विकेट लिए।

 

अब मेलबर्नले फाइनल प्रवेशका लागि च्यालेन्जर राउण्डमा सिड्नी थण्डर र एडलाइड स्ट्राइकर्सबीचको विजेतासँग खेल्नेछ।