MENU

युरोपेली संघ (इयू)बाट बेलायत औपचारिकरुपमा अलग

युरोपेली संघ (इयू)बाट बेलायत औपचारिकरुपमा अलग्गिएको छ। इयूसँगको ४७ वर्ष लामो आबद्धता बेलायतले शनिबार बिहानदेखि तोडेको हो। प्रधानमन्त्री बोरिस जोन्सनले यो अभियान सुरु गर्नेहरुका लागि अब नयाँ बिहानी आउने बताएका छन्।

 

‘मैले सबैको भावनालाई बुझेको छु। सरकारमा रहेको नाताले मेरो जिम्मेवारी बन्छ कि सबैको भावनालाई कदर गरेर अगाडि बढौं,’ उनले भनेका छन्।

 

बेलायत इयूबाट औपचारिकरुपमा बाहिरिएसँगै बेलायतले युरोपियन युनियनको झण्डा तल झारेको छ।

 

 

बेलायत आधिकारिक रूपमा यूरोपेली संघबाट लण्डनको समय अनुसार राति ११ बजे बहिर्गमन भएपनि सुरुमा ११ महिनाको सङ्क्रमणकालीन अवधिमा व्यापार, भ्रमण र व्यवसायका लागि ईयू नियमको पालना गर्ने सहमति भएको छ।

 

दुई पक्षबीच उनीहरूको भविष्य र व्यापार सम्बन्धको वार्ता एक वर्षभित्रमा गरिनेछ। शुक्रवार जर्मन टेलिभिजनमा बोल्दै जर्मनीका लागि बेलायती राजदूत सर सेबास्टियन वुडले डिसेम्बरसम्ममा इयूसँग सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताए।