MENU

राजदुत दाहालले न्युजिल्याण्डका लागि ओहोदाको प्रमाणपत्र बुझाए

क्यानबेरा । अस्ट्रेलियाका लागि आवासीय राजदुत महेश राज दाहालले न्युजिल्याण्डकी गभर्नर जनरल प्यटसी रेडीसँग  मंगलबार ओहोदाको प्रमाणपत्र  बुझाएका छन ।

नेपालकी राष्ट्रपति विद्यादेबी भण्डारीले राजदुत महेशराज दाहाललाई न्युलियाण्डको लागि समेत गैर आवासीय राजदुतको रुपमा नियुक्त गरेकी हुन् ।

क्यानबेर स्थित नेपाली दुताबासले दिएकाे जकनकारी अनुसार मंगलबार न्युजिल्याण्डको समय अनुसार दिउस २ः४० बजे ओहोदाको प्रमाणपत्र न्युजिल्याण्डकी गभर्नर जनरल प्यटसी रेडी समक्ष बुझाएका हुन ।

मार्च ३० का लागि पूर्व निर्धारित कार्यक्रम कोरोना भाइरसको प्रकोपका कारण पछि सरेको थियो । मंगलबार जुम अनलाइन कम्युनिकेसन मार्फत ओहादाको प्रमाणपत्र बुझाएकाे दूताबासले जनाएकाे छ ।

अस्ट्रेलियाको आवासीय नेपाली दुतावासले ओसिनिया क्षेत्रका न्युजिल्याण्ड, पपुवान्युगिनि र फिजी लागाएतका देशहरुलाई पनि हेर्ने गर्दछ ।