MENU

राजदूत दाहाल भन्छन्, “नेपाल उडानबारे दुतावासको सबैकाम पारदर्शी छ”

अस्ट्रेलियाबाट नेपाल तर्फ भैरहेको उद्धार उडानको लागि भाडा दर तोक्ने, नेपालको १४ दिने क्वारेन्टाइन खर्च तथा स्थान तोक्ने काम नेपाल सरकारले गरेको हो ।

Nepalese Ambassador to Australia, His Excellency Mahesh Raj Dahal

सिड्नी । क्यानबेरा स्थित नेपाली दुतावासले पहल  नगरेको भए  अस्ट्रेलियामा अड्केका  नेपालीहरुले फर्किंन अझै ढिला हुने थियो । तर, दुतावासको तारन्तारको ताकेताले अस्ट्रेलियामा अड्कीएका नेपालीहरु अबको केहीदिनै नेपाल फर्कने क्रम शुरु हुनेछ ।

जुनको पहिलो साता दुतावासकै पहलमा मृत्यूसंग संघर्ष गरिरहेका एक युवा, उनकी श्रीमती  र आर्थिक तथा  मानसिक रुपमा तनाव झेलिरहेकी एक युवतीलाई अस्ट्रेलियाले आफ्ना नागरिक तथा स्थायी बासिन्दा ल्याउन चार्टर गरेको जहाजमा काठमाण्डौ पठाइएको थियो ।

अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बोकेर अस्ट्रेलिया आएको नेपाली विमानमा यहाँ अड्कीएका नेपालीहरु फर्काउन नसकेको भन्दै सामाजिक संजालहरुमा नेपाल सरकारको आलोचना भएको थियो । अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालका अनुसार छिट्टो उद्दार उडान गर्न  दुतावासले निरन्तर ताकेता गरेको थियो । सरकारले लगत्तै अस्ट्रेलियाका लागि दुईवटा उद्धार उडान पठाउने निर्णय गर्यो ।

दुतावासलाई  भ्याईनभ्याई

अस्ट्रेलियाबाट जुन २३ सिड्नी र २७ मा  मेलर्वर्नबाट हुने उद्धार उडानको तयारीका लागि अहिले क्यानबेरा स्थित नेपाली दुताबासमा  भ्याईनभ्याई छ ।

कामको चाप भन्दा निकै कम कर्मचारी रहेको दुताबासलाई यात्रुहरुका इमेल हेर्ने जवाफ दिने, अन्तिम नामावली तयार पार्ने देखि यात्रुहरुले  उडानबारेमा राखेका  जिज्ञासाको फोन उठाउन  दुतावसका कर्मचारीहरु बिहान सवेर देखि रातिअवेर सम्म खटिरहेका हुन्छन ।

दुतावासले उद्धार उडनका बारेमा कुनैपनि जिज्ञासा भए आफ्नो कर्मचारीहरु जुनसुकै समयमा उपलब्ध हुने दुतावासले जानकारी  गराएको छ ।

भाडादरबारे दुताबासको भनाइ

अस्ट्रेलियाबाट नेपाल तर्फ भैरहेको उद्धार उडानको लागि भाडा दर तोक्ने, नेपालको १४ दिने क्वारेन्टाइन खर्च तथा स्थान तोक्ने काम नेपाल सरकारले गरेको हो ।

यसमा नेपाली दुताबास क्यानबेराको समंवोयको भूमिका मात्रै हो । राजदूत महेशराज दाहालले भने, अस्ट्रेलियामा रहेका नेपाली समूदाय तथा सरोरकार राख्ने सवैसँग परामर्श गरी उद्धार उडानका लागि दुतावासले समंवोय गरिरहेको छ।

राजदुत दाहालले क्यानबेरा स्थित नेपाली दुतावासले समंवोयको सबैकाम  पारदर्शि किसिमले गरेकाले कसैले कुनै शंका नगर्न आग्रह गर्दै नेप्लिज अस्ट्रेलिनसँग भने, दुतावासले अस्ट्रेलियामा समस्यामा परेका नेपाली समुदायको हितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछ ।

उद्धार उडानको भाडादरको बारेमा राजदूत दाहालको जवाफ छ, “भाडा सरकारले तोकेको हो । हामीले त समन्वयनकारी भूमीका मात्र खेलेको हो । राजदूतको हैसियतले समूदायले उठाएका गुनासो सम्बन्धित निकायमा पर्याउनेछु ।”

नेपालबाट अस्ट्रेलियन नागरिक बोकेर आएको विमानको भाडा प्रतिब्यक्ति १६ सय ५० अमेरिकी डलर परेको थियो भने अब नेपाली बोकेर जाने उद्धार विमानमा प्रतिब्यक्ति  १६ सय १५ डलर रहेको छ ।  त्यो भनेको ३५ डलर  सस्तो हो । हवाई टिकट बेच्ने  ट्राभल एजेन्टहरु  पनि नेपाल एअरलाइन्सले नै तोकेको  दुतावासले स्पष्ट पारेको छ ।

राजदुत दाहालले नेपाल फर्किन चाहने सबैलाइ धैर्यता पुर्बक  आफ्नो पालो पर्खिन अनुरोध गर्दै भने,  “नेपाल फर्किन नपाएर अब कसैले समस्यामा पर्नु पर्दैन । जान चाहने सबैलाई नेपाल म फर्किन सहयोग र समन्वय गर्न तयार छु ।”