MENU

राज के गोस्वामी र मेलिना राईको ‘मैले माया गरेँ’ सार्वजनिक

अष्ट्रेलियामा सक्रिय गायक राजकुमार गोस्वामीले नयाँ गीत सार्वजनिक गरेका छन् ।

यु ट्युब मार्फत सार्वजनिक भएको ‘मैले माया गरेँ’ बोलको गीतमा गायिका मेलिना राईले गायक गोस्वामीलाई साथ दिएकी छन् ।
उत्तम जंग लिम्बुको संगीत रहेको गीतलाई माया मगरले लेखेकी हुन् ।  गीतको एरेन्जर साहाश शाक्यले गरेका हुन् ।

गायक गास्वामीले यस गीतबाट निकै आशावादी भएको नेप्लिज अस्ट्रलियनलाई बताएका छन । टिमले मेहनत गरेर राम्रो गीत तयार गरेकाले यस गीतलाई दर्शकले रुचाउने उनको आश रहेको छ ।

‘कोशिस २’ एल्बममा समावेश यस गीतको अफिसियल भिडियो भने सार्वजनिक भएको छैन । अहिले निर्माणपक्षले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो ।

फोटो वर्क, सिड्नीले तयार गरेको भिडियोलाई नेपाल टच नामक युट्युबबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहाेस्