MENU

रुपन्देही समाजिक संजल अस्ट्रेलियाको आयोजनामा रक्तदान

सिड्नी । रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाकाे आयोजनामा सिड्नीमा १४ जनाले रक्त दान गरेका छन् । २६ जुलाई आइतबार अष्ट्रेलियन रेडक्रस ब्लड डोनर सेन्टरसँगको सहकार्यमा ४८३ जर्ज स्ट्रिट टाउनहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

१४ जना रक्तदाताहरुको रक्तदान भएको कार्यक्रममा ११ रक्तदाताहरुले होल व्लड र बाँकी ३ ले प्लाज्मा दान गरेको कार्यक्रम संयोजक मुक्तिराम पोख्रेलले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

सो कार्यक्रम रक्तदान गर्नेहरुमा क्रमशः इश्वर पोख्रेल, दिवाकर काफ्ले, अर्जुन गैरे, मुक्तिराम पोख्रेल, रोशन कोइराला, लक्ष्मि न्यौपाने, रबि के सी, सरोज पान्डे, बिनोद मैनाली, पदम अधिकारी, सिमा थापा, चुन्ना क्षेत्रि, कमल भन्डारी, प्रदिप खनाल रहेका थिए ।

संस्थाले आफ्नो स्थापनाकाल देखिनै विभिन्न परोपकारी एवम् सामाजिक कार्य गर्दै आईरहेको छ । सोही अनुसार यस वर्ष पनि बिगतका बर्षहरु जस्तै आफ्नो वार्षिक कार्यक्रम् अनुसार “सेवा नै धर्म हो“ र “रक्त दान जीवन दान“ हो भन्ने उक्तिलाई आत्मसाथ गर्दै कार्यक्रम आयोजना गरिएका संस्थाको अध्यक्ष ईश्वर पोखरेलले बताए ।

कार्यक्रम अध्यक्ष ईश्वर पोख्रेलको अध्यक्षता, संस्थाका महासचिव दिवाकर काफ्लेको संचालन एवंम कार्यक्रम संयोजक मुक्तिराम पोख्रेलको संयोजनमा सम्पन्न भएको थियो । कार्यक्रमा संस्थाका संथापक अध्यक्ष राज खनालको र कार्यसमिती सदस्य तुलसा पाण्डेको पनि सहभागिता रहेको थियो ।