MENU

रुसले कोरोना भाइरसको खोप बनाएको पुटिनको घोषणा

Nepalese Australian

रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले रुसले मंगलबार कोरोनाभाइरस विरुद्धको विश्वकै पहिलो खोप (भ्याक्सिन) दर्ता गराएको घोषणा गरेका छन् ।

खोपको प्रभावकारितामाथि प्रश्न उठदै गर्दा पुटिनले आफ्नी छोरीलाई समेत खोपको पहिलो डोज दिइएको बताए । रुसको सरकारी गामालेया अनुसन्धान संस्थाले स्पुतनिक-५  नामक खोपको गत हप्ता हजारौ स्वयमसेवकमाथि तेस्रो चरणको परिक्षण गरेको बताइएको छ ।

रुसकाे स्वास्थ्य मन्त्रालयले आगामी महिनाबाट खोपको ठूलो परिणाममा उत्पादन सुरु गरिने तथा अक्टोवर महिनाबाट खोप लगाउन सुरु गरिने बताएको छ । सन् २०२१ जनवरी १ तारिखबाट सर्वसाधारणका लागि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

“आज बिहान विश्वमै पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप दर्ता गरिएको छ । मलाई खोपको प्रभावकारीता र रोगप्रतिरोधात्मक क्षमतालाई कायम राख्ने विश्वास छ,” पुटिनले टेलिभिजनमार्फत संसदमा गराइएको जानकारीका क्रममा भने ।

पुटिनले आफ्नी छोरीमा गरिएको परिक्षणका क्रममा एउटामात्र साईड इफेक्ट भनेको उनको शरिरको तापक्रम एक दिन मात्र ३८ डिग्री पुगेको बताए ।

विशेषज्ञहरुले भने तेस्रो चरणको परिक्षणबिनै खोपको दर्ता गर्नु भनेको प्यान्डोराको बक्स जस्तै भएको बताए भने गत हप्ता नै विश्व स्वास्थ्य संगठनले रुसलाई खोप विकासका लागि सबै खाले नियम पालना गर्न तथा आवश्यक चरणहरु पार गर्न आग्रह गरेको थियो ।