MENU

रोहिंगा शरणार्थीको भुमिकामा नेपाली बालिका; अस्ट्रेलियन निर्देशक भन्छन्- उनको कला उत्कृष्ठ छ

Nepalese Australian
Sarina Sainju-Survive or Die
Survive or Die फिल्ममा रोहिंगा शरणार्थी बालिका मैयाको भुमिकामा अभिनय गरेकी सरिना सैजु

सिड्नी । गैरकानुनी रुपमा डुंगाबाट अस्ट्रेलिया आउने शरणर्थीहरुको जीवनमा आधारित भएर निमार्ण भएको अस्ट्रेलियन फिल्म “सर्भाइभ ओर डाई” अहिले बिश्वब्यापी रुपमा सर्वाजनिक भएको छ ।

अस्ट्रेलियामा हुकर्दै गरेकी नेपाली बालिका सरिना सैजुले यो फिल्ममा अभिनय गर्ने अवसर पाएकी छन् । यो फिल्ममा सरिनाले बर्मा र बंगलादेशका सिमान्तकृत रोहिंगा समुदायको बालिकाको भुमिका गरेकी छन् ।

Sarina Sainju-Survive or Die

२०१८ मा निमार्ण भएको फिल्मको केही शो चलचित्रहलहरुमा भए पनि अहिलेको बिषम परिस्थितिका कारण इन्टरनेटमा अमेजन प्राइम मुभिजमा यो चलचित्र हेर्न सकिन्छ ।

फिल्मक निर्देशक डानियल ओकोडुवाका अनुुसार चलचित्रमा गैरकानुनी बाटो बाट अस्ट्रेलिया प्रवेश गर्ने शरणर्थीहरु यहाँको कुनै अनकण्टार ठाउँमा अलपत्र परेपछि आइपर्ने चुनौती र संघर्षको वरिपरि फिल्मको कथा रहेको छ ।

निदेर्शक डनियलले भने नेप्लिज अस्ट्रेलियनसँग कुरा गर्दै भने फिल्ममा सरिनाका अभिभावक डुंगाबाट अस्ट्रेलिया आउने क्रममा समुन्द्रमा नै मरेका हुन्छन् । फिल्ममा सरिनाको अभिनयको प्रसंसा गर्दै निदेर्शक डनियलले भने “सरिना निकै ट्यालेन्ट छिन्, सबै भन्दा राम्रो पक्ष उनीमा आत्म विश्वास र अरुले भनेको कुरालाई सुन्न सक्ने दक्षता छ ।”

Sarina Sainju

कक्षा ८ मा अध्ययनरत सरिना विद्यालयको सबै अतिरिक्त गतिविधिहरुमा सक्रिय छिन् । अभिभावक श्याम सैजुका अनुसार पौडी, तेक्वान्दो, नेटबल, एथलेक्टिक्सको साथै नेपाली नृत्य र भाषा कक्षामा पनि उनी नियमित रुपमा सहभागि हुन्छिन् ।