MENU

लद्दाखमा भारत र चिनियाँ सैनिकबीच झडप तीन भारतिय सैनिकको मृत्यु

फाइल फोटो

लद्दाखको गालवान भ्यालीमा भारतिय र चिनियाँ सैनिकबीच झडप भएको छ ।

भारतिय संचारमाध्यमले  एक कमाण्डिङ अफिसर सहित तीनको मृत्यु भएको जनाएका छन्।

अहिले दुवै देशका वरिष्ठ सैन्य अधिकारीहरु विवाद मिलाउन घटनास्थलमा बैठक गरिरहेको भारतीय सैन्य मुख्यालयको विज्ञप्ति उल्लेख गर्दै भारतिय संचारमाध्यम द हिन्दुले जनाएको छ।

उता, चिनियाँ विदेश मन्त्रालयले पनि, भारतिय सैनिकसंग झडप भएको र केही चिनियाँ सैनिको ज्यान गएको पुष्टि गरेको छ ।

चिनियाँ विदेशमन्त्रीले बार्ताबाटै समस्या समाधानको पहल गरिने र द्धन्द्धले दुबैपक्षलाई फाइदा नपु¥याउने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वालाई उद्धतगर्दै चिनियाँ संचार माध्यमहरुले जनाएका छन् ।

यसअघि चिन र भारतबीच ११ सेप्टेम्बर सन् १९६७ मा सिक्किमको नाथू–लामा र त्यसपछि १५ सेप्टेम्बर १९६७ मा पनि झडप भएको थियो ।

नाथू ला मा चिनका ३२ सैनिक र भारतका ६५ सैनिक मारिएका थिए । चो ला झडपमा भारतका ३६ जवानको मृत्यु भएको थियो ।