MENU

लिपुलेक महाकाली र लिम्पियाधुरा फिर्ता ल्याउने नेपाल सरकारको नीति तथा कार्यक्रममै घोषणा

तस्विर : संसद सचिवालय

सरकारले आफ्नो नीति तथा कार्यक्रममै लिपुलेक, महाकाली र लिम्पियाधुरा नेपालकै भएको स्पष्ट पार्दै आफ्नो सिमा सुरक्षाका लागि प्रतिवद्ध रहेको उल्लेख गरेको छ ।

आज संसदमा दुवै सदनलाई सम्बोधनगर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा ’कालापानी, लिम्पियाधुरा लिपुलेक नेपालकै हो। यसका लागि ठोस कुटनीतिक पहल हुनेछ र छुटेका भूमि समावेश गरी नेपालको नक्सा जारी गरिने’ उल्लेख छ ।

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल

नीति तथा कार्यक्रम प्रस्तुतगर्दै, राष्ट्रपति भण्डारीले सीमा सुरक्षा गर्न सरकार प्रतिवद्ध रहेको समेत बताइन् ।

सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।