MENU

लिपुलेक विवाद नेपाल र भारतबीचको मामिलाः चीन


लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमि भारतले अतिक्रमण गरेका कारण भएको विवादलाई चीनले साे मामिला नेपाल–भारतबीचको द्विपक्षीय विवाद भनेको छ।

चीनले त्यसमा आफू नजोडिने दाबी गरेको छ।

मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाउ लिजियनले सो धारणा व्यक्त गरेका हुन्।

‘कालापानी क्षेत्रको विषय नेपाल र भारतबीचको मुद्दा हो। दुई मुलुकले मैत्रीपूर्ण परामर्शमार्फत् भिन्नताहरुलाई उचित किसिमबाट सल्टाउनेछन् भन्ने हामीलाई विश्वास छ,’ उनले भनेका छन्।

यो स्थितिलाई थप जटिल बनाउने गरी कुनै एकपक्षीय कदम चालिने छैन भन्ने पनि चीनले विश्वास व्यक्त गरेको छ।