MENU

लेखक पिटर जे कार्थकको निधन

काठमाडौं– लेखक पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ।

ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचाररत कार्थकको बुधबार बिहान निधन भएको हो।

भारतमा जन्मेका लेखक कार्थकले नेपाललाई कर्मथलो बनाएका थिए। उनको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ बहुचर्चित उपन्यास हो। २०३४ सालमा साझा पुरस्कार पाएको यो उपन्यास अंग्रेजी अनुवादमा समेत छापिएको छ।

उनको अंग्रेजी भाषामा ‘काठमांड्रुइड्स’ उपन्यास पनि प्रकाशित छ। कार्थक पत्रकारिता क्षेत्रमा पनि आबद्ध थिए।