MENU

लेबनान बिस्फोटमा एक अस्ट्रेलियन सहित ७८ भन्दाबढी मृत्यु ; ५ हजार बढी घाईते

Beirut blast Photo Source: BBC

लेबननको राजधानी बेरुतमा भएको ठूलो बिस्फोटनमा परि कम्तिमा ७८ जना मारिएका छन भने ५ हजार भन्दा बढी मानिस घाइते भएका छन् । बिस्फोटका कारण बन्दरगाहको अधिकांश क्षेत्र ध्वस्त भएको छ भने सहरका कैयौ भबनलाई क्षति पुर्याएको छ । बिस्फोट भएको स्थानबाट करिब १० किलोमिटरको दुरीसम्म क्षति पुगेको बताइएको छ ।

अस्ट्रेलियन दुताबासमा समेत क्षति

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले विस्फोटमा एक अस्ट्रेलियन नागरिकको पनि मृत्यु भएको तथा अस्ट्रेलियन दुताबासमा समेत क्षति पुगेको बताए । उनले बिस्फोटका कारण दुतावासमा क्षति पुगेको तथा कतिपय कर्मचारी सामान्य घाइते भएपनि सबै सकुसल रहेको जानकारी गराए । तर प्रधानमन्त्री मरिसनले लेबननको नागरिक प्रति आफ्नो समवेदना रहेको तथा ठूलो संख्यामा लेवनन-अस्ट्रेलियन नागरिक अस्ट्रेलियामा बस्ने गरेको तथा उनीहरुलाई आफ्ना आफन्तका लागि चिन्तित तुल्याएको हुन सक्ने बताए ।

अस्ट्रेलियाका विदेश मन्त्री म्यारीसे पायनले दुतावास भवनको झ्यालहरु क्षतिग्रस्त हुँदा सिसाले आफ्ना कर्मचारीहरुलाई चोट पुगेको जनाइन । बिस्फोटका कारण बन्दरगाह क्षेत्रका अधिकांश घर, भवन तथा कार्यालयहरुमा क्षति पुर्याएको छ ।

बेरुतमा मध्य क्षेत्रमा रहेको बन्दरगाहको गोदामहरुबाट ठूलो सेतो बादल र तंरगसँगै धुवा उडेको थियो र घरका झ्यालहरु चकनाचुर भएभने सवारी साधनहरु पल्टिदै घरका ढोकाहरुमा ठोक्किएको थिए । लेबननका स्वास्थ्य मन्त्री हमाद हसनले ७८ जनाको मृत्यु भएको तथा कम्तिमा ५ हजार मानिस घाइते भएको बताउदै भग्नावशेषमा थप मानिसहरु रहेको जनाए । उद्दार टोलीले भग्नाबशेषबाट मानिसहरुको उद्दार गरिरहेका कारण अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताए ।

भूमध्ये सागरको छेउमै २ करोड २० लाख जनसंख्याको बेरुत सहरमा वर्षौ पछि यस्तो विष्फोट भएको बताइन्छ । बेरुत अहिले आर्थिक संकट तथा कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । विस्फोटसँगै बेरुतको अस्पतालमा क्षमता भन्दा बढी मानिसहरु भर्ना भएको जनाइएको छ ।

लेवननका राष्ट्रपति मिसेल आउनले बन्दरगाहको गोदाममा २ हजार ७ सय ४० टन अमोनियम नाइट्रेट विगत ६ वर्षदेखि असुरक्षित रुपमा राखिएको बताउदै उक्त कार्य अस्वीकार्य रहेको जनाए ।