MENU

लेबनान बिस्फोटमा सबै नेपाली सुरक्षित; घाईते नेपाली महिला उपचारपछि घर फर्किइन्

Nepalese Australian
 Explosion at the port of Lebanon's capital Beirut
Explosion at the port of Lebanon’s capital Beirut Photo by STR/AFP via Getty Images

बेरूत । चार अगस्ट मंगलबार राति लेबनानको बेरुतमा सय जना भन्दाबढीको ज्यान जाने गरी भएको बिस्फोटमा कुनैपनि नेपाली हताहत नभएको गैर आवासीय नेपाली संघ लेबनानले जनाएको छ ।

गैर आवासीय नेपाली संघ लेबनानका महासचिव प्रयास दाहालका अनुसार बिस्फोटमा परि एक जना नेपाली महिलाको हातमा सिसाले काटेर सामान्य चोट लागेपनि उनी उपचार पछि घर फर्किसकेकी छिन् ।

नेप्लिज अस्ट्रेलियनसँग कुरा गर्दै महासचिव दाहालले भने “बेरुत बिस्फोटमा सबै नेपाली सुरक्षित छन्, लेबनानमा रहेका आफन्तको बारेमा चिन्ता नलिनु होला ।”

बिस्फोट भएको स्थानबाट २० किलोमिटर टाढा नेपालीहरुको बसोवास रहेपनि उनीहरु बसेको घरका सिसाहरू फुटेका छन् । तर, कुनै मानबीय क्षति भने भएकाे छैन । बिस्फोटको समयमा पुरै लेबनानमा भुईचालो झै कम्पनको भएको बेरुत बिस्फोटका प्रत्यक्षदर्शी प्रयास दाहालले बताए ।

बेरुतबाट २ सय ४० किलोमिटर टाढा रहेकाे छिमेकी साइप्रस सम्म पनि कम्पन महसुस भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन् ।

लेबनानमा कति छन् नेपाली ?

लेबनानमा २३ सय नेपालीहरु वैदेशिक रोजगारीका  लागि पुगेपनि त्यहाँको आर्थिक मन्दीका कारण धेरै नेपाली घर फर्किसकेका छन् । पछिल्लो तथ्यांक अनुसार हाल लेबनानमा करिव आठ सय नेपाली मात्र रहेको महासचिव दाहालले बताए । साथै शान्ति मिसनकाे लागि  नेपाली सेना पनि लेबनानमा खटिएकाे छ ।

याे पनि पढ्नुहाेस् ।

https://nepaleseaustralian.com.au/archives/4990