MENU

नेपालमा वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन

वरिष्ठ गीतकार रत्न शमशेर थापाको उपचारको क्रममा बिहीबार नर्भिक अस्पतालमा निधन भएको हो ।

नशाको समस्याका कारण लामो समयदेखि बिरामी रहनुभएका उहाँको ८३ वर्षको उमेरमा निधन भएको हो ।

थापाका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, बिछोडको पीडा, गोरेटो त्यो गाउँको, लगायतका दर्जनौ गीत लोकप्रिय छन् ।

थापाले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायत चलचित्रमा गीत लेखेका छन् ।