MENU

वितेको २४ घण्टामा विश्वभर १ लाख ६ हजार जनामा संक्रमण पुष्टि : महामारी अन्त्य हुन लामो समय लाग्ने डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वमा कोरोना भाइरसको संक्रमण झनझन् बढेको भन्दै यो महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको बताएको छ।

हिजो बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै डब्लूएचओले थप सर्तकता अपनाउन आह्वान गरेको छ ।

बुधबारको पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी अन्त्य हुन धेरै समय लाग्ने चेतावनी दिनुभएको छ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वका १ लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डब्लुएओले जनाएको छ। कोरोना भाइरसको महामारी बढ्ने क्रममा रहेको भन्दै यो अन्त्य हुन निकै समय लाग्ने देखिएको महानिर्देशक डा. टेडरोजको आंकलन छ ।

पत्रकार सम्मेलनमा उनले भने ‘पछिल्लो २४ घण्टामा डब्लूएचओलाई प्राप्त तथ्यांकअनुासर विश्वमा१ लाख ६ हजार नयाँ केस थपिएका छन, यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,।

विश्वभमा दुई हप्तामै झण्डै १० लाख संक्रमित थपिएको डब्लूएचओले जनाएको छ।

पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशमा कोरोना संक्रमण बढ्दै गएको छ।

बिहीबार बिहान ९ बजेसम्म विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५० लाख ८५ हजार ५ सय पुगेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ।

जसमध्ये ३ लाख २९ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ भने २० लाख २१ हजार ६ सय ६६ जना भने निको भएका छन्।