MENU

नेपालमा विदेशबाट फर्किने नागरिक राख्न होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाईने !

सरकारले, विदेशबाट फर्किएका नागरिकलाई राख्न होटल तथा रिसोर्टलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्ने तयारी गरेको छ।

शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले हवाईमार्ग भएर फर्कनेका लागि उपत्यकामा अस्थायी क्वारेन्टिन बनाइने र सम्बन्धित स्थानीय तहमार्फत व्यवस्थापन गरिनेबारे सरकारले छलफल गरिरहेको जानकारी दिए ।

राज्यमन्त्री मानन्धरका अनुसार हाल खाली रहेका होटललाई निश्चित रकम तिरेर सरकारले जनताको जीवनरक्षाका लागि प्रयोग गर्न सक्ने छ।

विदेशमा विपद्मा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गरी ल्याएको अवस्थामा काठमाडौँ उपत्यकामा आवश्यक क्वारेन्टिनका लागि पूर्वतयारी गरिएको बताउँदै खाडी मुलुकमा श्रमका लागि गएका सर्वसाधारण सरकारको प्राथमिकतामा रहेको स्पष्ट गर्नुभयो ।

छलफलमा राज्यमन्त्री मानन्धरलले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक परामर्श थालिएको बताएका हुन्।

देशभर करीब ६५ हजार क्षमताको क्वारेन्टिन तयारी अवस्थामा रहेकामा काठमाडौं उपत्यकामा ५ सय १८ शय्या क्षमताको क्वारेन्टिन तयारी अवस्थामा छ।

देशभर २५ हजार सर्वसाधारण क्वारेन्टिनमा बसिरहेका छन् ।