MENU

विदेशबाट नेपाली उद्वारका लागि हवाई भाडा घट्यो

Nepal Airlines at Sydney Airport, Picture: Kieran Wells Source: Windswept Aviation Photography

काठमाडौं । सरकारले कोरोना भाइरसको प्रभावले विदेशमा अलपत्र भएर बसेका नेपालीलाई उद्वार गरेर नेपाल ल्याइरहेको छ । तर विदेशमा रहेका नेपालीहरु उद्धारका नाममा सरकारले हवाई उडान भाडादर महँगो निर्धारण गरेको भन्दै चर्को आलोचना भएपछि सरकारले भाडादर घटाएको छ ।

नेपाली नागरिक मलेसिया तथा खाडी मुलुकमा अलपत्र रहेका नेपाली नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्समार्फत ल्याउने सरकारले निर्णय गर्दै भाडादर निर्धारण गरेको थियो । तर सरकारले विदेशमा अलपत्र परेका नागरिक ल्याउनको लागि निर्धारण गरेको भाडादर अत्यन्तै महँगो थियो ।

सरकारले हवाई उडानमा एकतर्फी मात्रै यात्रु ल्याउनु पर्ने भएकाले केही महँगो हुने भएको भन्दै चार गुणासम्म बढी भाडा निर्धारण गरेको थियो । तर सरकारले भाडादर निर्धारण गरे पछि नेपालका लागि विभिन्न देशका राजदुतले समेत आपत्ति जनाए पछि पर्यटन मन्त्रालयले सात वटा बाहेक अन्य गन्तब्यको भाडा सामान्य घटाएको छ ।

मन्त्रालयले ११ देशको हवाइ भाडादर घटाएको छ । जस अनुसार आबुधाबी ५ सय डलरबाट ४ सय ५०, शारजाह ५ सय डलरबाट ४ सय ५०, माल्दिभ्स ५ सय ५ डलरबाट ४ सय ८०, ओमान ५ सय १० डलरबाट ४ सय ६०, क्वालालम्पुर ५ सय २० डलरबाट ४ सय ६५, दोहा ५ सय ४५ डलरबाट ४ सय ९०, बहराइन ५ सय ४५ डलरबाट ४ सय ९०, कुवेत ५ सय ७० डलरबाट ५ सय १० डलर कायम गरेको छ ।

त्यस्तै, दमामको भाडा ५ सय ९० डलरबाट घटाएर ५ सय ३०, रियादको ६ सय ३० डलरबाट ५ सय ६५, जेद्दाको ७ सय ७० डलरबाट ६ सय ९०, जोर्डनको ८ सय १५ डलरबाट ७ सय ७५, साइप्रसको ८ सय ७५ बाट ८ सय ३०, सुडानको ९ सय ४० डलरबाट ८ सय ९०, फ्रयाङ्कफर्ट १२ सय ५५ डलरबाट ११ सय ९०, लण्डन १३ सय ४० डलरबाट १२ सय ९०, दुबइ ५ सय डलरबाट ४ सय ५० डलर बनाएर उडान गर्ने भएको छ ।