MENU

विदेशमा रहेका नेपाली उद्दारमा खटिएको नेपाल एयरलाईन्सका पाईलट सहित ७ जनामा कोरोना संक्रमण

The Nepal Airlines repatriation flight from Sydney to Kathmandu June 23

काठमाडौं, नेपाल ।

पाइलटसहित नेपाल वायुसेवा निगमका ७ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल कोरोना संक्रमणको आशंका गरिएका ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु मध्ये ७ जनाको पिसिआर परिक्षण रिर्पोट पोजेटिभ आएको नेपाल बायुसेवा निगमले जनाएको छ ।

बाँकी सात जनाको रिर्पोट आउन बाँकी रहेको बताइएको छ ।

पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको निगमले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।

उड्ययनमन्त्रीद्धारा दुःख व्यक्त

यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा निगमका कर्मचारीमा कोरोना भेटिएकोमा दुःख व्यक्त गर्नुभएको छ ।

‘संकटकालीन अवस्थामा उहाँहरुले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु। उहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’ सामाजिक सञ्जाल ट्विटरमा मन्त्री भट्टराईले लेख्नुभएको छ ।