MENU

विराटनगरमा लकडाउन

काठमाडौं, नेपाल ।

कोरोना भाइरस कोभिड १९को संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकामा दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको छ।

कोरोनाको संक्रमण दर बढ्दै गएकाले बाध्य भएर फेरी लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर खड्काले जानकारी दिए ।

जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसीको बैठकको निर्णय अनुसार आज मध्येरातिदेखि लागु हुनेगरि विराटनगर महानगरपालिकामा दुइहप्ताका लागि लकडाउन गर्ने निर्णय गरिएको उनको भनाई छ ।

त्यस्तै सीसीएमसीले कोरोनाको शंका लागेमा परीक्षण गराउन समेत आम नागरिकलाई अनुरोध गरेको छ।

तीन डाक्टर सहित १० जनामा कोरोना पुष्टि

यसैबीच प्रदेश—१ को विराटनगरस्थित कोशी अस्पतालका थप तीनजना चिकित्सकसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोशी अस्पतालमा शंका लागेर पीसीआर टेष्ट गराउँदा चिकित्सकसहित १० जनामा कोरोना पोजिटिभ देखिएको हो।