MENU

विवादीत सडक आफ्नै भूमिमा निर्माण गरिएको भारतको जिकिर

भारतले कैलाश मानसरोवरसम्म पुग्ने सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ।

शनिबार नेपालको परराष्ट्र मन्त्रालयले नेपाली भूमी लिपुलेक हुँदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सडक निर्माणमा नेपाली भूमी प्रयोग नगरिएको दाबी गरेको हो।

भारतको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा ‘उत्तराखण्डको पिथोरागढ जिल्लास्थित हालै उद्घाटन गरिएको सडक खण्ड भारतीय भूमीभित्रै पर्छ,’ भनिएको छ।

भारतको विदेश मन्त्रालयले जारी कोभिड–१९ को समस्या समाधान भएपछि दुवै पक्ष सचिवस्तरीय वार्ताको मिति तय गर्ने प्रक्रियामै रहेको बताउँदै सो चाडै मिति तय गरी बैठक बस्ने बताएको छ।

थाँती रहेका विषयलाई कुटनीतिक वार्ताबाटै सुल्झाउन भारत प्रतिबद्ध रहेको बताएको छ।