MENU

विश्वभर एकैदिन १ लाख ८३ हजारमा कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन डब्लूएचओले, वितेको २४ घण्टामा विश्वमा अहिलेसम्मकै बढी एकदिनमै १ लाख  ८३ हजार जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

डब्लूएचओको तथ्यांकअनुसार, संक्रमित मध्ये ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकी राष्ट्रका मात्रै हुन् ।

अमेरिकी मुलुकमा मात्रै हालसम्म २ लाख २० हजारभन्दा बढी बिरामीको मृत्यु भइसकेको छ।
अमेरिकामा मात्रै अहिलेसम्म झण्डै २३ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा ११ लाख भन्दाबढी मानिस संक्रमति भएका छन् भने ५० हजारभन्दा बढीको मृत्यु भइसकेको डब्लूएचओको तथ्यांक छ ।

हालसम्म विश्वभर ९० लाख मानिस संक्रमित भएको वर्डोमिटरको तत्थ्याङक छ भने ज्यान गुमाउनेको संख्या ४ लाख ७० हजार नाघेको छ ।