MENU

विश्वभर कोरोनाबाट ज्यान गुमाउने ५ लाख, संक्रमितको संख्या १ करोड नाघ्यो

काठमाडौं, नेपाल ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ ।

आइतबार बेलुकासम्मको तत्थ्याङक अनुसार, विश्वभर १ करोड भन्दाबढी मानिस संक्रमित भएको पनि, अमेरिकाको जोन्स हप्कीन्स विश्वविद्यालयलाई उद्धतगर्दै बीबीसी जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १ करोड १२ हजार नाघेको छ ।

हालसम्म ५० लाख भन्दाबढी संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट घर फकिएका छन्।

चीनको उहानबाट उत्पत्ति भएको भनिएको यो भाइरसबाट अमेरिकामा मात्रै १ लाख २५ हजार ५३९ जनाको मृत्यु भइसकेको बताइएको छ ।

अमेरिकामा हालसम्म २५ लाख १० हजारभन्दा बढी मानिस प्रभावित छन्।

दोस्रो बढी संक्रमित भेटिएको मुलुक ब्राजिलमा हालसम्म १३ लाख १४ हजार व्यक्ति संक्रमित भएका छन् भने ५७ हजारको मृत्यु भएको छ।

त्यस्तै नेपालको छिमेकी देश भारतमा पनि संक्रमण बढ्दो गतिमा छ । त्यहाँ आइतबार मात्रै २० हजार बढी मानिस संक्रमित भएका छन् ।